nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाममा लक्ष्मी मिष्ठान भण्डारको लुट : सादा खानाको शुल्क ४ सय रुपैयाँसम्म असुली

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २९, २०८१, ४:४१ मध्यान्ह
जनकपुरधाममा लक्ष्मी मिष्ठान भण्डारको लुट : सादा खानाको शुल्क ४ सय रुपैयाँसम्म असुली

जनकपुरधाम/भदौ २९ गते । सजिलो पोस्टका सञ्चारकर्मी रौनक यादव भदौ २९ गते दिउँसो खाना खान होटल खोज्दै थिए । यसअघि घरमै खाना खाने उनी आज भने जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावका कारण होटलमै खाना खाने भए । रिपोर्टिङ्ग पनि नछुटोस् र खाना पनि खान पाइयोस् भन्ने उदेश्यले उनी व्यापार संघकै छेउमा रहेको होटल लक्ष्मी मिष्ठान भण्डारमा पुगे ।

उनी खाना खान त्यस होटल तर्फ लागे । सो होटल नजिकै कुनै अर्को होटल पनि थिएन । तर जब खाना खाएर उनी पैसा तिर्न होटलको काउन्टरतर्फ गए, खानाको शुल्क देखेर उनी छक्क परे । सो होटलले प्रति सादा खानाको शुल्क ४ सय रुपैयाँ लिइरहेको थियो । रौनकले भने, ‘वरपर अर्को कुनै होटल छैन, अर्को ठाउँ खान जाऔं भनेपनि विकल्प छैन, भोक लागिसकेको छ, महँगो खाना नखानुको विकल्प नै थिएन ।’

‘जनकपुरधाम उद्योग वाणिज्य संघको चुनावकै दिन लक्ष्मी मिष्ठान भण्डारमा सादा खाना ४ सय । संघकै छेउमा रहेको होटलले यस्तो लुटजस्तो महँगो दर किन लिन्छ ? के पाइन्छ त यहाँ ४ सयमा सादा खाना ? सादा खाना समेत सर्वसाधारणको पहुँच बाहिर पुर्याएर होटलले खुल्ला शोषण गरिरहेको छ । र, संघका पदाधिकारीहरू भने मूकदर्शक बनेका छन् । पर्यटन व्यवस्थापनमा उम्मेदवारहरू भाषण ठोकेर अघि बढ्छन् । तर, आम जनताको दैनिक आवश्यकतामाथिको यस्तो लुटप्रति किन मौन छन् ? यो प्रश्न हो—कसको लागि चुनाव ?’ उनले भने । रौनक मात्र होइन सो होटलमा खाना खान गएका अन्य व्यक्तिहरु पनि होटल सञ्चालकसँग खाना नमिठो र महँगो भएको भन्दै गुनासो गर्दै थिए । तर, होटलवालाहरु भने खाए खानुस् नखाए जानुस् भनेर धम्किपूर्ण भाषा प्रयोग गरिरहेका थिए । ‘खाना पनि मिठो छैन, महँगो असाध्यै छ, यसरी लुटधन्दा गरिहँदा पनि यस्ता होटलहरुमा कहिल्यै अनुगमन हुँदैन, व्यवसायी र होटल सञ्चालकहरुको मिलोमतोमा यात्रु ठगिँदैछन्,’ उनले भने ।

यो त एक प्रतिनिधि घटना मात्रै हो । अहिले जनकपुरधामका अधिकांश होटलहरुले खानाको महँगो शुल्क लिने बुझिएको छ । यिनीहरुले अस्वस्थ्य खाना खुवाउने मात्रै होइन महँगो शुल्क पार्न पनि बाध्य पारिरहेका छन् । यहाँका होटलहरुले ग्राहकलाई ठगी गर्ने घटना नयाँ नभएपनि अनुगमन भने हुने गरेको छैन । होटल सञ्चालकहरुले ग्राहकहरुलाई ठगी गरेपनि नियमन गर्ने निकाय भने जहिल्यै मौन देखिन्छ ।

होटल व्यवसायी रामविनोद चौधरी भने त्यस्ता होटलहरुलाई तत्कालै कारवाही गर्नुपर्ने बताउँछन् । ‘ग्राहकलाई सत्कार गर्नु हाम्रो कर्तव्य हो, पैसा कमाउने चक्करमा यात्रुलाई ठग्न मिल्दैन, त्यस्ता होटललाई सम्बन्धित निकायले तत्काल कारवाही गरोस्,’ उनले भने । उनले यात्रुहरुले होटेल सरकारी निकायमा दर्ता भएको छ कि छैन भनेर पनि हेर्नुपर्ने सुझाव दिए ।

लक्ष्मी मिष्ठान भण्डारले यसअघि पनि कर छली गर्न अवैध रुपमा कम्प्यूटर बिलिङ्ग गर्दै आइएको पाइएको थियो । प्यानमा दर्ता रहेको लक्ष्मी मिष्ठान भण्डारले कर छली गर्न अवैध रुपमा कम्प्यूटर बिलिङ्ग गर्दै आएको घटना बाहिरिएको थियो । आन्तरिक राजश्व कार्यालयको नियमानुसार वार्षिक ५० लाख रुपैयाँभन्दा कमको कारोबार गर्नेले प्यानमा र ५० लाखभन्दा माथि कारोबार गर्नेले अनिवार्य रुपमा भ्याटमा दर्ता हुनुपर्ने प्रावधान छ । तर भ्याटमा जानबाट बच्न ५० लाखभन्दा कम व्यवसाय देखाउन फर्जी कम्प्यूटर बिलिङ्ग गर्दै आएको पाइएको थियो ।

एउटै प्यान नम्बरमा सञ्चालकले उपमहानगर कार्यालय नजिक र जानकी मन्दिर अगाडि गरी दुईवटा होटल सञ्चालन गर्दै आएको छ ।दैनिक लाखौं रुपैयाँको कारोबार रहेको लक्ष्मी मिष्ठान भण्डारले प्यानमा दर्ता भएपनि ग्राहकलाई बिना प्यान, संस्थाको नाम उल्लेख नरहेको कम्प्यूटरकृत बिल दिइरहेका छन् । हुनत ग्राहकले माग गरेको अवस्थामा हस्तलिखित प्यान बील समेत दिन्छन् । प्यानमा श्री लक्ष्मी मिष्ठान भण्डारको नामले दर्ता छ । प्यान बील पनि सोही नामले दिइरहेका छन् । तर राजश्व कार्यालयलाई झुक्याउन एउटा होटलको नाममा प्यान अनुसार नै राखेको छ भने अर्को होटलमा ‘श्री’ हटाएर लक्ष्मी मिष्ठान भण्डार मात्रै राखेका छन् ।

आन्तरिक राजश्व कार्यालयका एक कर्मचारीका अनुसार कुनैपनि फर्म/संस्थालाई कम्प्यूटर बील प्रदान गर्न राजश्वमा कुन सफ्टवेयर चलाउने जानकारी गराई त्यहाँबाट स्वीकृति सहित कोड नम्बर लिनुपर्ने हो । ग्राहकलाई बिल प्रदान गर्दा फर्म/संस्थाको नाम, प्यान/भ्याट नं. र राजश्व कार्यालयबाट प्राप्त कोड नम्बर अनिवार्य रुपमा उल्लेख गर्नुपर्ने हो । यति मात्र नभई सो मिष्ठान भण्डारले जनकपुरधामको अन्य होटलभन्दा दोब्बरभन्दा बढी चर्को मूल्य लिइ ग्राहकलाई लुटदै आएको देखिन्छ ।

Tags: जनकपुरधाम

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!