nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान जारी, दिउँसो साढे २ बजेसम्म १५०० बढी मत खस्यो

गिरिजानन्द साह गिरिजानन्द साह
भदौ २९, २०८१, ३:३४ मध्यान्ह
जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्वका लागि मतदान जारी, दिउँसो साढे २ बजेसम्म १५०० बढी मत खस्यो

जनकपुरधाम/भदौ २९ गते । जनकपुरधाम उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि आज भदौ २९ गते शनिबार निर्वाचन भइरहेको छ । बिहान ९ बजेदेखि मतदान जारी रहेको निर्वाचन समितिका संयोजक ललित कुमार साहले जानकारी दिए ।मतदानको क्रममा वर्षा हुँदा मतदाता र उम्मेदवारहरुलाई प्रचारप्रसार तथा मत माग्नमा केही समस्या देखिएको छ । यद्यपि मतदानमा सहभागी हुनका लागि मतदाताहरु आउने क्रम जारी रहेको छ । संयोजक साहले दिउँसो साढे २ बजेसम्म १५ सय बढी मत खसेको जानकारी दिए  ।

जनकपुरधाम उद्योग वाणिज्य संघको प्राङ्गणमै मतदान केन्द्रहरु तोकिएका छन् । मतदाताहरुका लागि बाहिरबाट मतदानका लागि प्रवेश गर्न २ वटा लाइनको व्यवस्थापन गरिएको छ । त्यस्तै जउवा संघको भित्री प्राङ्गणमा मतदाताहरुका लागि ४ वटा लाइन बनाइएको छ । एक समयमा ३० जनासम्म मतदाताले मतदान गर्न सक्नेगरी व्यवस्था मिलाइएको निर्वाचन समितिले जनाएको छ । निर्वाचन समितिका संयोजक साहका अनुसार स्वास्तिक चिन्ह लगाउन ३० वटा स्थान बनाइएको छ । संघको अध्यक्ष पदकालागि जितेन्द्रप्रसाद साह, मनिष रमन साह, र सुरेन्द्र भण्डारी चुनावी प्रतिस्पर्धामा छन् ।

सुरेन्द्र होटेल व्यवसायी हुन भने जितेन्द्र अल्मुनियम र मनिष ज्वेलरीको व्यापार गर्छन । जितेन्द्र यसअघि वरिष्ठ उपाध्यक्ष भएर जनकपुरधाम उद्योग वाणिज्य संघको नेतृत्व सम्हालिसकेका छन् । उनी पछिल्लो निर्वाचनमा अध्यक्ष पदमा पराजित भएका थिए । भण्डारी उपाध्यक्ष भएर काम गरिसकेका छन् । त्यस्तै मनिष वर्तमान कार्यकाल वरिष्ठ उपाध्यक्ष भएर उद्योग वाणिज्य संघको नेतृत्व पंक्तिमा रहेर काम गरेका छन् ।निर्वाचन समितिका संयोजक साहले दिएको जानकारी अनुसार अध्यक्षसहित १७ सदस्यीय कार्यसमितिका लागि ४२ जनाले उम्मेदवारी दिएका छन् । वरिष्ठ उपाध्यक्षका लागि मनोजकुमार साह, विकासकुमार चौधरी र अम्भुप्रसाद साहले उम्मेदवारी दिएका छन् । त्यस्तै उपाध्यक्षमा लक्ष्मण साह निर्विरोध निर्वाचित भइसकेका छन् ।महिला उपाध्यक्षका लागि रिंकु साह, माया कुमारी र सरिता ठाकुरले उम्मेदवारी दिएकी छन् । त्यस्तै महासचिवका लागि फुलदेव पण्डित, गणेशकुमार साह, अशोककुमार चौधरी र सुधिर पंजियारसहित चारजनाले उम्मेदवारी दिएका छन् ।सचिवका लागि नरेन्द्रविक्रम साह, राकेश पजियार, श्रवण कुमार साह र गोपी कुमार साह प्रतिस्पर्धामा छन् । कोषाध्यक्षमा भने रामचन्द्र पजियार, मनोज कुमार शर्मा, राकेश कुमार साह र परमेश्वर साहबिच प्रतिस्पर्धा छ । एशोसिएट सदस्य पदमा दीपककुमार साह र अभिषेककुमार चौधरीबिच प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यस्तै ६ जना कार्यसमिति सदस्यका लागि रमेश महतो, सन्तोषकुमार गामी, मणिशंकर प्रसाद साह, दुर्गेशकुमार साह, दीपमणि साह, प्रवीणकुमार साह सोनार, सुरेन्द्र दास, धर्वेन्द्र साह, गौरीशंकर साह, निरजकुमार साह, रामजीवन साह, राकेशकुमार साह, जीवछ साह, बलरामकुमार साह, ध्रुब कुमार साह, दिलिप कुमार साह र सुनिल दास कथबनियाले उम्मेदवारी दिएका छन् ।

त्यस्तै सम्बद्ध सदस्यमा जनकपुरधाम कपडा तथा रेडिमेड र जनकपुरधाम सुनचाँदी व्यवसायी संघको उम्मेदवारी परेको छ । जनकपुरधाम उद्योग वाणिज्य संघको निर्वाचन भदौ २९ गते शनिबार हुँदैछ । निर्वाचनअघि उम्मेदवारहरू मतदाताको घर–घरमा पुगेर आफ्नो लागि भोट मागिरहेका छन् । जनकपुरधाम उद्योग वाणिज्य संघमा अहिले ४ हजार ७६ सदस्य मतदाता रहेका छन् । आज रातिदेखि नै मतगणना हुने बताइएको छ ।

Tags: जनकपुरधाम उद्योग वाणिज्य संघ

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!