सञ्जय मिश्रा/रौतहट/भदौ २८ गते । रौतहटको मौलापुर नगरपालिका -९ का वडा अध्यक्ष श्याम किशोर साह माथी यौन शोषणको आरोपमा स्थानीयले राजीनामाको माग गर्दै प्रदर्शन गरेका छन्।
मौलापुर ९ सोनरनियाका गाउँलेहरुले विवाहीत महिलालाई यौन शोषण गर्ने वडा अध्यक्षलाई साह लाई कार्यवाहीको माग गर्दै शुक्रबार बिरोध प्रदर्शन गरेका हुन न।
तालाबन्दी गर्नुअघि गाउँलेहरुले ब्यानर र प्लेकार्डसहित बिभिन्न नारा लगाउँदै सोनरनिया गाउँ परिक्रमा गरेका थिए । केहिदिन अघि गाउँकै दलित महिलाले वडा अध्यक्ष साहमाथी यौन शोषण गरेको आरोप लगाएकी थिइन । विवाह गर्ने आश्वासन दिएर वडा अध्यक्ष साहले बिगत केही वर्षदेखि यौन शोषण गरेको र अहिले विवाह गर्न न मान्दा आफू ठूलो समस्यामा परेको आरोप लगाएकी थिइन् ।
वडा अध्यक्ष शाहमाथि महिलाले लगाएको आरोप सामाजिक सञ्जालमा भाइरल भएपछि मौलापुर नगरपालिकाले घटना बारे सत्य तथ्य बुझ्न गत ७ गते उपमेयर नागेन्द्र यादवको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो ।
समितिले १५ दिन भित्रमा छानबिन गरि प्रतिवेदन सार्वजनिक गर्ने जनाएको थियो । तर मौलापुर नगरपालिकाले हालसम्म प्रतिवेदन सार्वजनिक न गर्दा वडा अध्यक्षजो ढाकछोप भईरहेको भनेर स्थानीयले बिरोध जनाएका छन् ।
नगरपालिकाले प्रतिवेदन सार्वजनिक गरि दोशी वडा अध्यक्ष श्याम किशोर साहलाई कार्यवाही नगरेसम्म उनको कार्यकक्षमा लगाएको ताला नखोल्ने स्थानीयहरुले चेतावनी दिएका छन ।




















Discussion about this post