सिरहा/भदौ १८ गते। सिरहाबाट गरगहनासहित एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा माेरङका उर्लाबारी नगरपालिका -५ का ३० वर्षीय दीपेन्द्र बिक रहेका छन् ।
सिरहाकाे लहान नगरपालिका-७ बाट झ्ण्डै सादे १० लाख बराबरको चाँदीका गरगहना सहित पक्राउ परिएकाे हाे ।
इलाका प्रहरी कार्यालय, लहानको प्रहरी टोलीले विशेष सूचनाको आधारमा जाँच गर्दा उनले बोकेको कालो रंगको झोलाबाट स्रोत नखुलेको १० लाख ४० हजार बराबरको अन्दाजी ८ केजी चाँदीका गरगहना बरामद भएको प्रहरीले जनाएको छ ।
गरगहना सहित पक्राउ परेका दीपेन्द्रलाई राजस्व अनुसन्धान कार्यालय इटहरी पठाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक रमेश पण्डितले बताए ।




















Discussion about this post