गिरिजानन्द साह/श्रावन २८ गते। समर्पण फ़ाउण्डेशनको कार्यकारिणी सदस्य मनिषा साहले बनाएको मिथिला चित्रकलाले नेपाली पासपोर्टमा स्थान पाएको छ। जसले हाम्रो समृद्ध सांस्कृतिक धरोहरलाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्न मद्दत पुर्याउँछ। यो कदमले नेपाली कला र संस्कृतिको पहिचानलाई थप मजबुत बनाउनेछ। मनिषा साहले बनाएको मिथिला चित्रकला वहाकै कपिराईट रहने गरि MRP राहदानीको पेज न.-१६ र १७ मा छापिएको छ। उनी द्वारा बनाइएको मिथिला चित्रकला पासपोर्टमा छापिए पछि उनलाई समाजिक संजालमा बधाई दिनेको ओईरो लागेको छ। उनले गरेको यो काम सम्पूर्ण मिथिला बासीको लागि गौरवको विषय रहेको सामाजिक संजालमा आईरहेको छ।
मनिषा साह मनिषा मिथिला चित्रकलामा अब्बल मानिन्छिन र मिथिला चित्रकला गर्दै आईरहेकी छिन्। मनिषा साहले बनाएको मिथिला चित्रकला पासपोर्टमा छापीएकोमा गौरवान्वित महशुस भएको समर्पण फाउण्डेशनका अध्यक्ष विकाश साह बताउछन। मनिषा साह निकै आकर्षक र मनमोहक मिथिला चित्रकला बनाउने गर्छिन। मिथिला क्षेत्रको समृद्धि भाषा, चाडपर्व, धार्मिक अनुष्ठान र रहनसहनलाइ चित्रकलाको माध्यमबाट दर्शाईनुलाई नै मिथिला चित्रकला भनिन्छ।
मिथिला चित्रकला सामान्यतः बिहे, पूजा, व्रत-त्योहार आदिमा बनाउने चलन थियो। शुरूआतमा यो कला ग्रामीण क्षेत्रका महिलाले घर, पर्खाल, भुइँ र आँगनमा माटो, पिठो, गोबर आदिले बनाउने गर्थे। विशेषतः चाडपर्वमा पूजा-आराधनाका लागि चित्र कोर्ने गरिन्थ्यो। महिलाले आफ्नो मनमा उठेका स्वाभाविक कल्पना तथा उद्वेगलाई पनि ती चित्र मार्फत व्यक्त गर्ने गर्थे। शताब्दीऔँ अघि घर-आँगन सुन्दर र आकर्षक बनाउन भुइँ र भित्तामा पोतिएका चित्रले आजको आधुनिक समाजमा महिला स्वतन्त्रतालाई पनि बल पुर्याएको छ भने आत्मसम्मान पनि दिएको छ र आर्थिक रूपले बलियो पनि बनाएको छ।















Discussion about this post