श्रावण २६ गते । वीरगन्जबाट लागूऔषध सहित भारतीय नागरिक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहार मोतीहारी जिल्ला सकराहा थाना ९ का ३५ वर्षीय धुरेन्द्र राम र उनकी पत्नी मधु देवी रहेका छन् ।
वीरगन्ज महानगरपालिका–१६ स्थित वीरगंज भन्सार कार्यालय अगाडि प्रहरी चौकी इनर्वा र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त चेकिङ टोलीले रक्सौलबाट नेपालतर्फ शंकास्पदरूपमा आउँदै गरेका राम दम्पतीलाई रोकी खानतलासी गर्दा उनीहरुले बोकेको सेतो बोराभित्र थ्रोमा छण् लेखिएको ४ सय ४८ पत्तामा १० पिसको दरले ४ हजार ४ सय ८० पिस ट्याब्लेट र काटेको २४ पिस ट्याब्लेट गरी जम्मा ४ हजार ५ सय ४ पिस ट्याबलेट फेला परेको थियो ।
लागूऔषधसम्बन्धमा थप अनुसन्धान भइरहेको पर्साका प्रहरी प्रवक्ता डीएसपी दीपक भारतीले जानकारी दिए ।















Discussion about this post