nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

३१ वटा युट्युब च्यानल सञ्चालकहरू कारबाहीमा

सजिलो पोस्ट सजिलो पोस्ट
साउन १६, २०८१, ६:३६ मध्यान्ह
प्रेस काउन्सिलमा जागिर खुल्यो (हेर्नुहोस भ्याकेन्सी नोटिस सहित)

काठमाडौँ/श्रावण १६ गते। प्रेस काउन्सिल नेपालले पछिल्लो १५ दिनमा पत्रकार आचारसंहिताविपरीत सामग्री सम्प्रेषण गर्ने ३१ वटा युट्युब च्यानल सञ्चालक (व्यक्ति/कम्पनी)लाई कारबाही गरेको छ । काउन्सिलले आज विज्ञप्ति जारी गर्दै सञ्चारमाध्यमका रूपमा दर्ता/सूचीकरण भएका र नभएका दुवैलाई कारबाही गरिएको जनाएको हो ।

दर्ता नभए पनि समाचारको शैलीमा द्वन्द्व बढाउने, चरित्रहत्या गर्ने तथा एकपक्षीय आरोपका सामग्री सम्प्रेषण गर्ने ती युट्युब च्यानल सञ्चालकलाई कारबाही गरिएको काउन्सिलले जनाएको छ । मिडियाअन्तर्गत सूचीकृत भएका तीन युट्युब च्यानललाई काउन्सिलले आचारसंहिता प्रतिकूल देखिएका अंश हटाई सम्पादन गर्न, सामग्री स्थगनगरी २४ घण्टाभित्र स्पष्टीकरण पेस गर्न र अश्लील सामग्री तत्काल हटाउन निर्देशन दिएको छ ।

हेल्लोटिभी नेपाल फेसबुक पेज, पिएनपी मिडिया र नागरिकपत्र युट्युब च्यानललाई उक्त निर्देशन दिइएको हो । काउन्सिलले हिंसा, आतङ्कलाई प्रश्रय पुग्ने, निराधार, अफवाहपूर्ण, अतिरञ्जित थम्बनेलसहितको शीर्षक दिइ भ्रमपूर्ण, अमर्यादित, अश्लील सामग्री सम्प्रेषण गर्ने त्यस्ता युट्युब च्यानल सञ्चालकलाई कारबाही प्रक्रिया अघि बढाएको विज्ञप्तिमा उल्लेख छ ।

मिडियासँग सम्बन्धित नभएका तर मिडियाकै शैलीमा अश्लील सामग्री सम्प्रेषण गर्ने २८ युट्युब च्यानललाई त्यस्ता सामग्री तत्काल हटाउन तथा थप अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो)मा पत्राचार गरिएको काउन्सिलले जनाएको छ । गत आर्थिक वर्षमा काउन्सिलले त्यस्ता ४३ वटा विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्तालाई कारबाही गरेको थियो ।

“प्रेस काउन्सिल नेपालले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेषगरी युट्युब च्यानलबाट सम्प्रेषित सामग्री अनुगमन गरिरहेको छ,” जारी विज्ञप्तिमा भनिएको छ, “द्वन्द्वलाई बढावा दिने किसिमका सामग्री सम्प्रेषण गर्ने, गालीगलौजपूर्ण भाषाशैली प्रयोग गर्ने, हिंसा, त्रासलाई प्रश्रय पुग्ने सामग्री सम्प्रेषण गर्ने, तथ्यगत पुष्ट्याइँबेगर अप्राकृतिक रूपमा भ्युअर बढाउने उद्देश्यले अतिरञ्जनागरी सामग्री सम्प्रेषण भएकोप्रति प्रेस काउन्सिल नेपालको ध्यानाकर्षण भएको छ ।”

यसैबीच काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले युट्युब च्यानल छुट्टै मापदण्डअनुसार कारबाही गरिएको बताए । “डिजिटल प्लेटफर्मका कुनै पनि माध्यमबाट आधारहीन, एकपक्षीय, भ्रामक र पूर्वाग्रही सामग्री दिन मिल्दैन । केही समयदेखि हामीले त्यस्ता माध्यमबाट प्रसारित मिथ्या सामग्री सच्याउन, सम्पादन गर्न निर्देशन र आवश्यक कारबाही थालेका हौँ”, उनले भने ।

उनले युट्युब च्यानललाई नियमन र कारबाही गर्न बेग्लै मापदण्ड जारी गरेको जानकारी दिए । सञ्जाललाई दुरुपयोग नभई सदुपयोगगरी सञ्चार क्षेत्रको प्रवर्द्धनमा सबै केन्द्रित हुनुपर्ने उनको भनाइ छ ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

श्री चित्रगुप्त सेवा समितिको नि : शुल्क स्वास्थ्य शिविरबाट १७० जना लाभान्वित

संविधान संशोधनको उद्देश्य अधिकारको विस्तार हुनुपर्छ : महामन्त्री थापा

कांग्रेसले बाढीपीडितको लागि प्रधानमन्त्री राहत कोषमा एक करोड सहयोग गर्ने

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग 

भोटेकोशी बाढीपीडितका लागि कयाल ग्रुपको २५ लाख सहयोग 

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

धनुषाका ७ जना आए सम्पर्कमा, मधेशका १६२ काे अवस्था अझै अज्ञातै

देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

देश शोकमा रहेकाले ‘माया भनेकै यस्तो होला’को प्रदर्शन स्थगित, तिहारमा रिलिज हुने

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

चितवनमा पहिचान नभएका ९६ शव डिएनए नमुना लिएर गाडियो

निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

निलो चरासहित ‘ट्विटर’ पुनः फर्किने तयारीमा, सिमितले सुरू गरे चलाउन

बाँकेमा भएको सडक दुर्घटनामा १२ को मृत्यु २१ घाइते

सर्लाहीकाे मोटरसाइकल दुर्घटनामा दुई जनाको मृत्यु

उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

उपत्यकामा २४ घण्टाभित्र ६३४ सवारी चालक कारबाहीमा, मापसे र तीव्र गतिका धेरै

बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

बाढी प्रभावित क्षेत्रमा बिनाअनुमति ड्रोन नउडाउन प्राधिकरणको आग्रह

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि