nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

४०५ स्थानीय तहले ल्याएनन् बजेट, मधेशका सबैभन्दा बढी

सजिलो पोस्ट सजिलो पोस्ट
असार १२, २०८१, १०:५५ मध्यान्ह
४०५ स्थानीय तहले ल्याएनन् बजेट, मधेशका सबैभन्दा बढी

 

असार १३ गते। असार १० गतेभित्र ल्याइसक्नु पर्ने कानुनी व्यवस्था भए पनि कतिपय स्थानीय तहले आगामी आर्थिक वर्षका लागि बजेट सार्वजनिक गरेका छैनन् । असार १० गतेभित्र आगामी आर्थिक वर्षको आय तथा ब्ययको योजना पेश गरेर साउन १ गतेदेखि कार्यान्वयनमा जानु पर्ने कानुनी ब्यवस्था भए पनि देशभरका आधाभन्दा बढी स्थानीय तहले कानुनले तोकेको दिनभित्र बजेट ल्याउन नसकेका हुन् । देशभरका ७ सय ५३ स्थानीय तहमध्ये ४२७ स्थानीय तहले तोकिएको समयमा बजेट ल्याउन सकेका छैनन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार ७५३ स्थानीय तहमध्ये यो समाचार तयार पार्दासम्म ३२६ स्थानीय तहले बजेट पेश गरेका छन् । अझै ४२७ तहले बजेट पेश गर्न बाँकी छ । अहिलेसम्म ७५३ स्थानीय तकमा ५६.७१ प्रतिशत स्थानीय तहले बजेट नल्याउँदा ४३.२९ प्रतिशत स्थानीय तहले ल्याएका छन् । मन्त्रालयकाअनुसार सबैभन्दा बढी मधेश प्रदेशका ९२ स्थानीय तहले बजेट ल्याउन बाँकी छ । १३६ स्थानीय तहमा ४४ वटाले मात्रै बजेट पेश गरेका छन् । यस्तै कोशी प्रदेशमा ५९ स्थानीय तहले बजेट पेश गर्न बाँकी रहको छ । १३७ मध्ये ७८ स्थानीय तहले बजेट पेश गरिसकेका छन् । बागमती प्रदेशमा रहका ११९ स्थानीय तहमध्ये ४४ वटाले मात्रै बजेट पेश गरेका छन् । ७५ वटाले बजेट पेश गर्न बाँकी छ । गण्डकी प्रदेशमा रहेका ८५ स्थानीय तहमा ४३ वटाले बजेट पेश गरेका छन् भने ४२ वटाको बाँकी छ ।

लुम्बिनी प्रदेशका १०९ स्थानीय तहमध्ये ४५ वटा तहले बजेट पेश गरेका छन् भने ६४ वटाको बाँकी छ । कर्णाली प्रदेशमा रहेका ७९ स्थानीय तहमा ४० वटाले बजेट पेश गर्दा ३९ वटाको बाँकी रहेको छ । यस्तै सुदुरपश्चिम प्रदेशमा रहेका ८८ स्थानीय तहमध्ये ३२ वटाले बजेट पेश गरेका छन् भने ५६ वटाको बाँकी छ । अहिले कतिपय स्थानीय तहका प्रमुख, उपप्रमुख र प्रमुख प्रशासकीय अधिकृत भ्रष्टाचारको मुद्दा जेलमा रहेका छन् । केही स्थानीय तहमा प्रमुख र उपप्रमुखको विबाद रहेको छ । कतिपय स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत नहुँदा निमित्तको भरमा काम हुँदा समयमा नै बजेट पेश गर्न नसकेको बताइन्छ । कतिपय स्थानीय तहमा स्थानीय तहको प्रमुख अल्पमतमा पर्दा समेत बजेट समयमा आउन सकेको छैन् । संविधानमा जेठ १५ गते संघीय सरकारले बजेट ल्याउने व्यवस्था छ ।

असार १ गते प्रदेश र असार १० गतेभित्र स्थानीय तहले बजेट ल्याउनु पर्ने स्थानीय सरकार सञ्चालन ऐन–२०७४ को दफा ७१ मा व्यवस्था रहेको छ । ऐनको दफा ७१ मा ‘उपाध्यक्ष वा कार्यपालिकाले तोकेको कार्यपालिकाको कुनै सदस्यले आगामी आर्थिक वर्षको राजस्व र व्यय (बजेट) को अनुमान कार्यपालिकाबाट स्वीकृत गराई असार १० गते भित्र सभामा पेश गर्नुपर्नेछ ’ भन्ने व्यवस्था रहेको छ । तोकिएको समयमा बजेट नल्याउँदा हामी ऐन कानून कार्यान्वयमा कत्तिको गम्भिर छौ भन्ने प्रश्न उठने गरेको अर्थविद डा. चन्द्रमणी अधिकारी बताउँछन् । बजेट समयमा नल्याउँदा आगामी आवको बजेट कार्यान्वयनका लागि गर्नुपर्ने तयारी अपुग हुने उनको भनाइ छ ।‘समयमा बजेट नल्याउँदा आर्थिक हिसाबले ठूलो नोक्सानी नभए पनि कानुन कार्यान्वयन भएन । कानुनको पालना हुन सकेन । वित्तीय अनुशासनमा गम्भीर भएनौं भन्ने देखिन्छ,’ उनले भने, ‘समयमा बजेट नआउँदा स्थानीय तहमा क्षमता नबढेको, स्थानीय तहमा बेथिति बढी रहेको देखिन्छ ।’ समयमा बजेट नआउँदा संघीय सरकारले पनि स्थानीय सरकारलाई बलियो बनाउन नसकेको देखिएको उनको भनाइ छ ।

Tags: राष्ट्रिय खबर

Discussion about this post

Related Posts

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

हेलिकोप्टरवाट पसेका चिनियाँ ‘टनेल रेस्क्यु टिम’ सोझै उद्धारमा, थप तयारी अवस्थामा

रसुवा र नुवाकाेटकाे तटीय क्षेत्रमा धेरै मानवीय क्षतिः नुवाकोट सहायक प्रजिअ

बाढीपीडित क्षेत्रमा ७ हजार सेना परिचालित, आज मात्रै २०८ जनाको उद्धार

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

चार दिनपछि धादिङबेँसीसँगको सडक सम्पर्क पुनः स्थापित

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

बाढीमा पर्यटकः ११४ भारतीय नागरिकसहित १८४ जनाको उद्धार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

श्रीमान‍्ले पढाए, प्रहरीको जागिर पाएपछि प्रेमीसँग फरार

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

प्रधानमन्त्री राहत कोषमा काठमाडौं महानगरपालिकाले ४ करोड ५४ लाख १४ हजार रुपियाँ जम्मा गर्ने

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

त्रिशूली ३ ‘ए’ को टनेलको मुख खोल्न ८२ सुरक्षाकर्मी परिचालन, भारतीय टोली पनि पुग्यो

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

सदगुरूको टिमसँगै कैलाश जान लागेका १९ देशका ७७ तिर्थयात्री बेपत्ता

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

अलपत्र यात्रुको उद्धारका लागि काठमाडौं महानगरपालिकाद्वारा निःशुल्क यातायात सेवा सुरु

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

रौतहटमा कृषि फार्मको गोठमा आगलागी : ७ चौपाया जलेर मरे, ९ लाखको क्षति

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि