जेठ २३ गते। मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विश्वासको मत पाएनन् । बुधबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री यादवले विश्वासको मत नपाएसँगै जनता समाजवादी पार्टी जसपा नेपालको सरकार पनि ढलेको हो । यो सँगै मधेसमा जसपा ६ वर्षपछि सत्ताविहीन भएको छ ।
सङ्घीयतापछि मधेसमा जसपा नेपालले सरकार चलाउँदै आएको थियो । यसअघि ५ वर्ष जसपा नेपालका लालबाबु राउत मधेसको मुख्यमन्त्री रहेका थिए । त्यसपछि जसपा नेपालबाटै यादवले मधेस सरकारको नेतृत्व गरेका थिए । तर बुधबार उनले विश्वासको मत नपाएपछि जसपा नेपाल सत्ताविहीन हुन पुगेको हो । बैठकमा सहभागी १०३ सांसदमध्ये मुख्यमन्त्रीको पक्षमा ५० र विपक्षमा ५३ मत खसेको थियो । सभामुख रामचन्द्र मण्डलले उक्त सङ्ख्या कूल सङ्ख्याको बहुमत नरहेकाले मुख्यमन्त्रीले पेस गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव अस्वीकृत गरेका थिए ।
सरकार जोगाउन मुख्यमन्त्रीलाई ५४ मतको आवश्यकता थियो ।मुख्यमन्त्री यादवलाई जसपा नेपालसहित नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी पार्टी (लोसपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले विश्वासको मत दिएका हुन् ।अब केन्द्रीय सत्ता समीकरण अनुसार मधेसमा जनमत पार्टीले सरकारको नेतृत्व गर्ने तयारी छ । जसलाई नेकपा एमाले नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले समर्थन गर्ने तयारी गरेका छन् ।
Discussion about this post