जेठ १३ गते । सर्लाहीको बसबरिया गाउँपालिका-१ मानपुस्थित सडकमा प्र.२-०२-००१ त २२८० नम्बरको ट्याक्टरले किचेर धनकौल गाउँपालिका-३ हरकठवा बस्ने ३० वर्षीय सुरेश कुमार सिंहको शनिबार साँझ मृत्यु भएको छ ।
सोही सडकमा म.प्र ०३-०३०प ९८५८ नम्बरको मोटरसाइकल र हाल अल्फाबेट नखुलेको १६४३ नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई दुर्घटना भएपश्चात मानपुर बजारबाट मानपुर व्यारेजतर्फ जाँदै गरेको उक्त ट्याक्टरले म.प्र ०३-०३०प ९८५८ नम्बरको मोटरसाइकल चालक सिंहलाई किच्दा उनको घटनास्थलमै मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
Discussion about this post