जेठ १३ गते । नारायणगढ-मुग्लिन सडक खण्डको तुइन खोला नजिकै पहिरो खसेर एकजना डोजर चालकको मृत्यु भएको छ। सडक डिभिजन कार्यालय चितवनका अनुसार मृतकको पहिचान हुन बाँकी रहेको छ।
आज बिहान नाला खन्ने क्रममा पुल निर्माण कम्पनीको मेसिन माथि पहिरो खस्दा अपरेटरको मृत्यु भएको हो। पहिरोले मेसिनमा पनि क्षति पुगेको छ भने अहिले सडक भने सञ्चालनमा आएको छ।















Discussion about this post