विशुनदेव सरदार/सिरहा/जेठ ८ गते। लहानको नाम कहाँ चलेको छैन् । र, त्यो पनि होटल, भठ्ठी, अड्डा, स्वदेशी, विदेशीस्तरमा जहिल्यै पनि लहानका जनप्रतिनिधिहरुको सवल दुर्वल पक्षको गुनगान भएको सर्बिदित्तै छ । यतिमात्रै नभएर वहाँहरु पटकपटक नयाँनयाँ मिशन र भिजन बनाउँछन् तर, वहाँहरुको मिशन भिजन दुईटै छिटै व्यर्थ भएर जान्छन् ।
प्रसँग हो- “विकास निर्माणमा काखापाखा” नजिकको वडाअध्यक्षलाई निकासा दिए पनि जनप्रतिनिधिको सेवा सुविधामै बजेट सकिन्छ । त्यस्तै, सिरहाको लहान नगरपालिका वडा नम्बर -१५ मोहनपुर गाउँमा साधारण/ सामान्य वर्षामै सडक अवरुद्ध हुन थालेको छ। आइतबार राति परेको सामान्य र फ्याट्फुट् वर्षले बाटोमा आवतजावत गर्न हम्यहम्य अवस्था भएको थियो ।
लहान नगरपालिकालाई पर्यटनको नगरीको रुपमा चिनिन्छ, तर- पर्यटन भित्र्याउने उदेश्यले कतिपय विकास निर्माण काम गरेता ‘पनि’ लहान नगरीको कुल्टो फेरिएको देखिदैन् । यस नगरीका महामहिमहरुले दीर्घकालीन सोचमा अहिलेसम्म खासै परिवर्तन ल्याएको देखिदैन् । लहान नगरपालिका -१५ राजदेवी मन्दिर देखि पुर्वमा पर्ने मोहनपुर गाउँ यतिबेला पुर्ण जिर्ण देखिन्छ ।
लहान नगरपालिकाले करोडौंमा बजेट ल्याउँछन् – आखिर करोडौं विकास निर्माण कार्यमै जान्छ्, जादैन् । लहानका मेयर महेश प्रसाद चौधरीको हैकमवादी र एकलबादी प्रणालीको निर्णयले गर्दा – लहान नगरवासी पटकपटक सानोतिनो विषयमा दु:ख झेल्दै आएका छन् ।
यो सँगै लहानको उत्तरीभेग, जहाँ राम्रो शिक्षा छैन, स्वास्थ्य छैन, सडक छैन, सिचाईँ, खानेपानी अर्थात् मानिसका आधारभूत आवश्यकता पूरा गर्न “जुक्ति” लगाउनु परेको अवस्था छ।
मोहनपुरका एक स्थानीयका अनुसार- लहान नगरीको बारेमा आजसम्म कुनै जनप्रतिनिधिले सबैलाई “हितकर” हुने सोचेको छैन । र, सोच्दैन् पनि ।
उनले थप्दै भने – मेयरदेखि सबैजसो जनप्रतिनिधिहरु जातिवाद, नातावाद, पार्टीवाद, कृपावादले भरिपूर्ण छन् । गल्लिगल्लि, टोलटोलमा कालोपत्र भयो, तर- लहान – १५ का वडाअध्यक्ष चौधरीको निष्कृयले गर्दा विकास निर्माणमा मोहनपुर गाउँ पछि परेको टिप्पणी गरे ।
लहान ग्रामीण, हुलाक नहरका विषयमा सरोकारवालाहरु भन्छन् ” – यो नहर बिषादीको उपज हो । लहानलाई स्मार्ट सिटी बनाउनु भन्दा पहिला ” लहानलाई फोहोर र लामखुट्टे मुक्त नगर बनाउन आवाज उठ्दै आएका छन् ।
यता, सडक निर्माणका विषयलाई लिएर लहानका मेयर महेश चौधरी भन्नुहुन्छ – लहान बजारदेखि राजदेवी मन्दिर छेउछाउसम्म कालोपत्रेको काम सकियो, अबको केही दिनपछि मोहनपुर गाउँमा पनि कालोपत्रेको काम गरिने बताउनुभयो । यस विषयमा वडाअध्यक्षले केही बोल्न चाहेन् ।
Discussion about this post