जेठ ३ गते। सिरहाको अर्नमा गाउँपालिका–२ ब्रहमपुरीमा कोदालो प्रहार गरी एक जनाको हत्या भएको छ।
आज बिहान ८ बजे जग्गाको विवाद हुँदा सँधियारले उनीमाथि कोदालो प्रहार गरेर हत्या गरी फरार भएको प्रत्यक्षदर्शीलाई उदृत गर्दै सिरहा प्रहरी प्रमुख एसएसपी रमेश पण्डितले जानकारी दिए। मृत्यु हुनेमा ५३ वर्षीय बुधराम महतो छन्।
मृतक महतो विष्णुपुर चोकमा ग्यास सिलिन्डर र बालिनालीको औषधि तथा बीउबिजनको व्यवसाय सञ्चालन गर्दै आएका थिए। कोदालो प्रहार गर्नेको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।
लामो समयदेखि जमिन विवाद रहेका उनीहरु आज विहान खेतमै भेटभएको बेला विवादचर्किएर कोदालो प्रहार गर्दा बुधरामको मृत्यु भएको वडा अध्यक्ष दिपेन्द्र महतोले जानकारी दिए।
वडा अध्यक्ष यादवले उनीहरुविच लामो समयदेखि जमिनको विषयमा मुद्दा–मकदमा चलिरहेको बताए। जमिनकै विवादका कारण आज यस्तो घटना भएको हुनसक्ने अध्यक्ष यादवको बताई रहेको छ।
हत्या घटना लगतै बचाई फरार भएका छन्। उनको खोजी भईरहेको प्रहरीले जनाएको छ। प्रहरीले अहिले घटनास्थलमा पुगेर घटनाको अनुसन्धान गरिरहेको जनाएको छ। शव घटनास्थलमै रहेको छ।















Discussion about this post