बैशाख ३० गते ।भारतीय धर्मगुरु रामभद्राचार्यले जानकी मंदिरमा पुजा पाठ गरेका छन्। जनकपुरधाममा शनिबार भारतीय धर्मगुरु रामभद्राचार्यलाई जानकी मन्दिरमा भव्य स्वागत गरिएको थियो । सो अवसरमा जानकी मन्दिरका छोटा महन्त रामरोशन दाससहितका साधुसन्त र श्रद्धालु तथा नगरवासी धर्मगुरुलाई स्वागत गर्न महोत्तरीको भिट्ठामोड नाकासम्म पुगेका थिए ।जानकी जन्मोत्सवको अवसरमा भारतीय धर्मगुरु रामभद्राचार्य जनकपुरधाममा निम्त्याइएको छोटा महन्त दासले बताए ।
जनकपुरधाममा शनिबार जानकी मन्दिरको दर्शनपछि बोल्दै भारतीय धर्मगुरु रामभद्राचार्यले यो पटक भारत हिन्दू राष्ट्र कायम हुने दाबी गरेका छन् । उनले भारत हिन्दू राष्ट्र भए पनि नेपाल पनि छिट्टै नै हिन्दू राष्ट्र हुनेमा आफू ढुक्क रहेको बताए । उनले भने, ‘यस पटक भारत हिन्दू राष्ट्र कायम गर्छौ।















Discussion about this post