बैशाख २४ गते। जनकपुरधामबाट दिनदहाडै पेस्तोल देखाएर सहकारी संस्थाका कर्मचारीबाट ८० लाख नगद लुटेका छन् ।हतियारधारीले शुभश्री बचत तथा ऋण सहकारीका कर्मचारी वीरेन्द्रकुमार महतोलाई पेस्तोल देखाएर ८० लाख लुटिएको धनुषा प्रहरीले जनाएको छ ।
महतोले बैंकबाट रकम निकालेर सहकारीतर्फ जाँदै गर्दा मोटरसाइकलमा आएका दुईजना हथियारधारी अपरचित व्यक्तिले जनकपुरधाम उपमहानगरपालिका १९ बाट आफ्नो साथमा भएको रकम लुटेको बताएका छन्। यस घटना सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।















Discussion about this post