बैशाख २१ गते। सिरहामा करेन्ट लागेर एकजना काे मृत्यु भएको छ। सिराहाको सिरहा नगरपालिका १५ सुकचैनामा करेन्ट लागेर एकजना काे मृत्यु भएको हो । पानी तान्ने मोटरको तार विद्युतीय बोर्डमा जोड्ने क्रममा करेन्ट लागेर स्थानीय ३५ वर्षीय रञ्जितकुमार यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ ।
करेन्ट लागेर मृत्यु भएको अवस्थामा स्थानीयले देखेपछि प्रहरीलाई जानकारी गराएका थिए ।जिल्ला प्रहरी कार्यालय सिराहाले घटनास्थलमा मुचुल्का तयार पारी मृतकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिराहामा राखिएको जिल्ला प्रहरी कार्यालय सिराहाका प्रहरी नायव उपरीक्षक तथा सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।

















Discussion about this post