बैशाख १४ गते। मिटरब्याज पीडितहरूले फेरि आन्दोलन गर्ने चेतावनी दिएका छन् । सिरहाको लहानमा आज पत्रकार सम्मेलन गर्दै मिटरब्याज पीडितहरूले सरकारले पटक पटक सहमति गरेपनि कार्यान्वयनमा ईमान्दार नदेखिएको गुनासो गरेका हुन् ।
मिटरब्याज विरुद्धको संघर्ष समिती, नेपालका संयोजक मनोज कुमार पासमानले प्रहरी प्रशासन मिटरब्याज आन्दोलनलाई असफल बनाउन र पीडितलाई दबाउन षड्यन्त्र गरिरहेको आरोप लगाउदै आन्दोलन गर्ने चेतावनी दिएका छन् ।
न्याय दिनुको साटो पछिल्लो समय उल्टै प्रहरी प्रशासनले साहुकारसँग साठगाठ गरी मिटरब्याज पीडितलाई पक्राउ तथा यातना दिने काम गरिरहेकाले आन्दोलमा जाने चेतावनी दिएको छ । पीडितका समस्या समाधानको काम प्रभावकारी ढंगले अघि नबढे चाँडै सशक्त आन्दोलन गर्ने उनले चेतावनी दिए ।
Discussion about this post