बैशाख १४ गते। सर्लाहीमा निर्माणाधीन रेल्वे ट्रयाकबाट मोटरसाइकल खस्दा चालकको मृत्यु भएको छ ।
सर्लाहीको लालबन्दी नगरपालिका ४ जरुवा पानी नजिकको निर्माणाधीन रेल्वे ट्रयाकबाट ज ११ प ७५४८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा चालक मृत्युु भएको हाे । मृत्यु हुनेमा लालबन्दी नगरपालिका-३ जब्दीका ५० वर्षीय राजकुमार चौधरी रहेका छन् ।
राति ८:५० बजेतिर मोटरसाइकल पल्टिएको अवस्थामा चौधरीलाई स्थानीयले उद्धार गरी लालबन्दी बजारस्थित मोडेल अस्पताल पुर्याएका थियो ।
अस्पतालमा पुर्याएलगत्तै चौधरीलाई चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय लालबन्दीले जनाएको छ । मृतक चौधरीको शव पोस्टमार्टमका लागि राति नै प्रादेशिक अस्पताल मलंगवा लगेर राखिएको छ
Discussion about this post