बैशाख ९ गते। सिरहामा १ जना मृत फेला परेका छन् । सिरहा नगरपालिका–१ दुर्गा मन्दिर हटिया बजारस्थित टहरामा एक पुरुषको शव भेटिएको छ । नाम, थर, वतन नखुलेका अन्दाजी ५० वर्षीय पुरूष व्यक्ति शुक्रबार मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान भैरहेको जानकारी दिएको छ।
Discussion about this post