चैत १८ गते। अवैध लागूऔषध सहित २ जना पक्राउ परेका छन।
पर्साको वीरगंज महानगरपालिका-१८ ईनर्वा मनियारी बस्ने ३० वर्षीय अजित कुमार सिंहलाई अवैध लागूऔषध गाँजा २ किलोसहित शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय श्रीपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त गाँजा फेला पारी पक्राउ गरेको हो ।
यसैगरी पर्सा, वीरगंज महानगरपालिका-१६ रजत जयन्ती चोकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ५ सय मिलिग्रामसहित सोही नगरपालिका नगवा चोक बस्ने २० वर्षीय सुजन यादवलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी ईनर्वाबाट खटिएको प्रहरीले भारतको रक्सौलबाट वीरगंजतर्फ पैदल आउँदै गरेको उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो। दुवै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।














Discussion about this post