nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मध्यमा परिक्रमाः नेपाल भारतबीच साँस्कृतिक सेतु

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन ३०, २०८०, ११:३० बिहान
१५ दिवसीय माध्यमिकी परिक्रमा आगामी आइतवार (फागुन २७ गते) देखि सुरु हुने

गोपाल बराल/फागुन ३० गते। नेपाल भारतबीच साँस्कृतिक आदानप्रदानका कैयौं अवसर छन् । यसमध्ये मङ्सिर शुक्लपक्षको पञ्चमी तिथिमा मनाइने रामजानकी विवाह महोत्सव र फागुन शुक्लपक्षको मिथिला माध्यमिकी परिक्रमा मुख्य छन् । यी दुबै साँस्कृतिक उत्सवमा नेपाल र भारतका साधुसन्तदेखि घरगृहस्थीका सर्वसाधारणसम्म एकाकार हुन्छन् ।

दुबै अवसर श्री राम तथा श्री जानकीसँग अन्तरसम्बन्धित छन् । रामजानकी विवाह महोत्सव राम सीताको विवाह भएको सम्झना र मिथिला माध्यमिकी परिक्रमा श्री राम जानकीले विवाहपश्चात विहार गर्ने क्रममा घुमफिर गर्नुभएका पदचापको अनुशरण । प्राचीन मिथिला (विदेह) राज्यको राजधानी जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर वृतमा परिक्रमा गरिने मध्यमा परिक्रमाको लस्कर आज मङ्गलबार यात्राको तेस्रो दिन भारतको मधुवनी जिल्लामा पर्ने फुलहर (गिरिजास्थान) मा बास बस्दैछ ।

सबैका वाणि (बोली) मा सीयाराम नाम सङ्कीर्तन । पिठ्यूँमा सामल खाजा र फेरफार लुगाको पोको । सबै यात्रामा निमग्न । खाली खुट्टाको यात्रा । सबैको एउटै कामना , मोक्ष र कल्याण । वास्तवमै मिथिला माध्यमिकी यात्रा अलौकिक रहेको यसपालिसहित सातौं पटक यात्रामा सरिक भारतको सीतामढी जिल्लाको हनुमाननगरका सन्त ७० वर्षीय हनुमानशरण दास बताउनुहुन्छ ।

“देखतो हो, मैं शरीर से जीणर् हो गया हुँ, १५ दिन का नंगे पावका पैदल यात्रा ताकत से नहीं, आन्तरिक उर्जा से ही सम्भव है” (हेर्नुहुन्छ, म शरीरले जीणर् छु, १५ दिनसम्मको खाली खुट्टाले गरिने पैदल यात्रा ताकतले हैन, आन्तरिक उर्जाले मात्र सम्भव छ ) दास भन्नुहुन्छ, “ए अलौकिक यात्रा है ,प्रभु की इच्छा से जुडी है, जितने सहभागी है, १५ दिन के लिए फकिर याने यायावर हैं” ( यो अलौकिक यात्रा हो, भगवत कृपाले जोडिएको छ, जति सहभागी छन् , सबै १५ दिनका लागि सांसारिक मायामोह त्यजेर फकिर (जोगीजस्तै) बनेका यायावर) । यो यात्राले नेपाल भारतका साँस्कृतिक सम्बन्ध सधैं जोडी राख्ने काम गरेको दासको भनाइ छ ।
यात्रामा नेपाली र भारतीय सराबरी छन् । को कहाँको सोध्न पर्गेल्न कसैलाई मतलव छैन । बस् , सबैको मन राम सीतामा समर्पण । उहाँहरुका पदचिन्ह (पदचाप) को अनुशरण । मिथिलामा विवाहपश्चात जन्ती घर फर्कने र दुलहा ससुराली घरमै बस्ने चलन छ । (यो चलन अद्यावधि मैथिल व्राह्मणमा कायम छ) । यसअनुसार राजा दशरथ जन्ती लिएर अवध (अयोध्या) फर्के पनि श्री राम जनकपुरमै रहनु भएको र सीताजीका साथ विभिन्न तीर्थस्थलको भ्रमण र वनविहार गर्नु भएको प्रसङ्ग मिथिला माहात्म्यमा वणर्ित छ । मिथिला माध्यमिकी यात्रा श्री राम र सीताजीको त्यही विहारको अनुशरण रहेको जलेश्वर-५ का बासिन्दा मिथिला माहत्म्यका नेपाली अनुवादक प्राध्यापक ध्रुव राय बताउनुहुन्छ ।

“यो यात्रा साधुसन्तले भनेजस्तै साँच्चै अलौकिक छ, अनि आनन्द र निस्फिक्रीको पनि”प्राध्यापक राय भन्नुहुन्छ, “यात्राको सवल पक्षमा नेपाल भारतका साँस्कृतिक सम्बन्धका कुरा छन् , यस यात्रामा नेपाल भारत दुबै देशका क्षेत्र र नागरिक सम्मिलित हुन्छन् , यो हाम्रो बहुआयामिक सम्बन्धको सेतु पनि हो ।”
फागुन औँसीदेखि सुरु भई शुक्लपक्षभरिका १५ दिनको यो यात्रामा १५ रात्री विश्रामको स्थापित परम्परा छ । जसमा नेपालतर्फ छ रात धनुषा, पाँच रात महोत्तरी र भारततर्फ चार रात बिताइने गरिन्छ । जनकपुरधामलाई केन्द्र (माझ) मा राखेर १३३ किलोमिटरको वृतमा गरिने यस यात्रामा दोस्रो, तेस्रो, १३ औं र १४ औं दिनको रात्रीबास भारतको मधुवनी जिल्लाका क्रमशः कल्याणेश्वर (कलना), फुलहर (गिरिजास्थान), करुणा र बिसौल पर्छन् ।

पहिलो दिन धनुषाको मिथिलाविहारी-८ ठेराकचुरीस्थित मिथिलाविहारी कुटी (मन्दिर) बाट मिथिलाविहारी (श्रीरामलाई मिथिलामा मिथिलाविहारी, अवधविहारी र अवधलाल भनिन्छ) को प्रतिमा राखिएको डोला (डोली) अघि लगाई १५ दिने यात्रा सुरु हुन्छ । यात्रा जनकपुरधामस्थित अग्निकुण्ड पुगेपछि श्री किशोरीजी (मिथिलामा सीताजीलाई किशोरीजी, मिथिला, जानकी र जनकनन्दिनी भनिन्छ) को डोला मिसिन्छ । यसरी दुबै डोला अघि लगाई जनकपुरस्थित मठमन्दिरको दर्शन र पवित्र तलाउ गङ्गासागर, धनुष सागरआदि) को पवित्र जलले आपूmलाई सेचन गर्दै यात्रु पहिलो दिनको विश्रामका लागि धनुषाको हनुमानगढी पुग्छन् ।

यसैगरी दोस्रो दिन भारतको कलना, तेस्रो दिन भारतकै फुलहर यात्रापछि मानव लस्कर चौथो दिन महोत्तरीको मटिहानी पुग्छ । यसपछि क्रमशः पाँचौ, छैठौं, सातौं र आठौ दिन क्रमशः महोत्तरीकै जलेश्वर, मडै, ध्रुवकुण्ड र कञ्चनवनको यात्रा पुरा गरी यात्रा फेरि धनुषा जिल्ला प्रवेश गर्छ । यसैगरी नवौं दिन पर्वता, १० औं दिन धनुषाधाम, ११ औं दिन सतोषरधाम र १२ औं दिन औरहीको बास सकेर यात्रीटोली फेरि भारत प्रवेश गर्छ । यसक्रममा १३ औं दिन करुणा र १४ औं दिन बिसौलपछि दोस्रो दिनको ठाउँ कलना पुगिन्छ । यसरी १५ औं दिन बिहान कलना पुगेपछि एउटा वृतको यात्रा पुरा हुन्छ । यद्यपि कलनाबाट जनकपुरको रङ्गभूमि मैदान आएर १५ औं दिनको रात्रीबास सकेर १६ औं दिन बिहान जनकपुरधामको पञ्चकोशी अन्तर्गृह परिक्रमा गरेपछि माध्यमिकी यात्रा पुरा भएको मानिन्छ ।

यात्राको क्रममा आठौं दिन कञ्चनवनमा रामसीताले फागु खेलेका सम्झनामा होरी उत्सव मनाइन्छ । यससँगै मिथिलामा रङ् अबिरको पर्व फागु विधिवत सुरु भएको ठानिन्छ । यसैगरी १५ औं दिन मध्यराती जनकपुरधाममा राक्षसी प्रवृतिकी होलिकाको आकृति जलाइने चलन छ । यसलाई ‘होलिका दहन’ भनिन्छ । अनि १६ औं दिन अन्तर्गृह परिक्रमाकै क्रममा ठाउँठाउँमा होलिका दहन गरेको खरानी उडाउँदै यात्री फागु (होली, होरी) पर्वमा मग्न हुन्छन् । खरानी उडाउने यो उत्सवलाई मिथिलामा ‘धुरा उडाबे’ भनिन्छ । जनकपुरक्षेत्रमा यसरी धुरा उडाएको भोलिपल्ट फागु पर्व मनाउने परम्परा छ ।

मिथिला माध्यमिकी परिक्रमा र यसको समापनसँगै रामायणकालीन कथा र सत्ययुगको राजा हिरण्यकशिपुले विष्णुभक्त छोरा प्रहलादलाई अनेकानेक कष्ट दिएको र अन्त्यमा हिरण्यकशिपु र उनकी बहिनी होलिकाको अन्त्य भई भक्त प्रहलादको रक्षा भएको कथासमेत मिसिएको मिथिला संस्कृति र परम्पराका जानकार बताउँछन् ।
“सन्दर्भ श्रीराम, सीता र भक्त प्रहलादसँग जोडिएको छ, सन्देश एउटै सदाचार र सत्मार्गमा लाग्न प्रेरित गर्ने हो” मुलुककै प्रसिद्ध साहित्यकार डा. राजेन्द्रप्रसाद विमल भन्नुहुन्छ, “मिथिला संस्कृति र परम्परा अनुपम छ, विश्व भाइचारा, आपसी सद्भाव, स्नेह र सहिष्णुता यसका अवयव हुन् ।” मिथिला माध्यमिकी परिक्रमाले नेपाल भारतमा राज्यस्तरका कहिलेकाहीं देखिने, सुनिने मनमुटाव र दुबै सरकारबीचका दुरी जनसम्बन्धले मेटिने डा. विमल बताउनुहुन्छ । त्यसैले श्रीराम/ सीता, मिथिला/अवध , रामजानकी विवाह महोत्सव र मिथिला माध्यमिकी परिक्रमा नेपाल भारत साँस्कृतिकमात्र नभएर प्रगाढ सम्बन्धका सेतु रहेका डा. विमलको मत छ ।

Tags: राष्ट्रिय खबरसमाचार

Discussion about this post

Related Posts

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

हात्तीदह सिमसारमा संरचना विस्तार

हात्तीदह सिमसारमा संरचना विस्तार

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!