फागुन १८ गते। पर्सामा बाघको आक्रमणबाट एक जना सख्त घाइते भएका छन् ।
बाघको आक्रमणबाट पटेर्वासुगौली गाउँपालिका- २ लक्ष्मिपुरमा स्थानीय २२ वर्षीय सरोजप्रसाद अधिकारी घाइते भएका हुन् ।उनलाई आफ्नो घर जाँदै गरेको अवस्थामा बिहीबार जंगलबाट बगैँचामा आएको बाघले आक्रमण गर्दा सख्त घाइते बनाएको वडा नम्बर २ का वडाध्यक्ष विजय गैरेले जानकारी दिए ।
बाघले त्यहा एउटा बाख्रा समेत मारेको छ । घाइते अधिकारीको अस्पतालमा उपचार हुँदैछ । बाघ लक्ष्मीपुरको बगैँचामा आएको थाहा पाएपछि समबन्धित निकायमा खबर गर्दा पनि कुनै टोली नआएको गैरेले बताए । डेढ महिना अघि सोही वडामा बाघले एक जनाको ज्यानसमेत लिएको थियो ।














Discussion about this post