nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सलोनसँग मेरो स्वभाव मिल्छ : केकी अधिकारी

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २८, २०८०, ४:२५ मध्यान्ह
सलोनसँग मेरो स्वभाव मिल्छ : केकी अधिकारी

काठमाडौं : अभिनेता सलोन बस्नेतले बाल कलाकारको रुपमा फिल्ममा अभिनय गर्दा अभिनेत्री केकी अधिकारी बाल्यकालकै अवस्थामा थिइन् । त्यसबेलाका सुपरस्टारहरुसँग सलोनले काम गरेका फिल्म उनले प्रायः हेरेकी छन् । उनको ‘चाइल्ड स्टार’ थिए, सलोन । उनलाई सलोनले बाल्यकालमा खेलेका फिल्महरु मात्र होइन, अभिनेता राजेश हमालसँग अन्तर्वार्ता दिँदाको अभिव्यक्ति समेत कन्ठस्थ छ ।

अहिले उनै सलोनसँग जोडी बाँधिएर केकीले फिल्म ‘जय हो’मा काम गरेकी छन्, जुन आगामी भदौ ८ गतेबाट प्रदर्शनमा आउँदैछ । उनीहरुको पहिलो पटक सहकार्य भएको हो । आफ्नो बाल्यकालको ‘चाइल्ड स्टार’सँग काम गर्न पाउनु केकीका लागि आफैंमा खुसीको क्षण थियो । सलोनसँग पहिलो पटक फिल्ममा सहकार्य भएता पनि त्यो महसुस भने कहिल्यै नभएको उनको अनुभव छ ।

उनी भन्छिन्, ‘एउटा राम्रो कलाकारसँग काम गर्दाको राम्रो पक्ष भनेको त्यसले तपाईंकै काममा निखारता ल्याउँछ । सलोनसँँग यही महसुस हुन्छ मलाई । कहिले पनि पहिलोचोटी काम गरेको जस्तो लागेन । फिल्ममा कति धेरै रोमान्टिक सिनहरु छन् तर अप्ठ्यारो महसुस भएन । हामी दुवैमा व्यावसायिकता भएर पनि होला । सधैं क्यारेक्टर र फिल्मको बारेमा नै सोच्ने हाम्रो स्वभाव पनि मिल्ने ।’

प्रायः फिल्ममा सहायक चरित्रमा सीमित सलोनलाई मुख्य नायकको रुपमा चल्न ‘जय हो’को सफलता अनिवार्य रहेको टिप्पणी हुँदै आएको छ । तर, केकी यसखालको मापदण्डमा कलाकारलाई पार्न नहुने तर्क राख्छिन् । एउटा राम्रो कलाकार दुई सिनकै लागि भए पनि इमानदारपूर्वक काम गर्नु नै रहेको उनको भनाई छ । सलोनले यसपटक पनि आफूलाई प्रमाणित गर्ने उनको विश्वास छ ।

कथा मिठो भएकाले ‘जय हो’मा आफू जोडिएको उनी बताउँछिन् । ट्रेलरमा कथालाई लुकाइएको उनको तर्क छ । ‘ट्रेलरमा हामीले जानीजानी नै कथालाई भनिएको छैन । कथा यति मिठो छ, जसले मलाई तान्यो । तर, ट्रेलरमा हामीले त्यसलाई देखाउन सकेनौं । फिल्म हेरेपछि दर्शकलाई ट्रेलरभन्दा धेरै माथि रहेछ भन्ने लाग्छ,’ उनले भनिन् । फिल्मलाई टेक पौखरी राईले निर्देशन गरेका हुन् ।

Discussion about this post

Related Posts

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

निखिल र सजिना फिचर्ड ‘आचार्य’ को ‘लै बरी लै’ गीत सार्वजनिक

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सलमानका बडीगार्ड ‘शेरा’का छोरा अबिरको बलिउड डेब्यु

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

सैफ अली खान र तृप्ति डिमरी अब एउटै फिल्ममा देखिदैँ

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

विश्वब्यापी रिलिज भन्दा पहिला नै ‘रामायण’ अस्ट्रेलियामा देखाइने

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

‘दृश्यम ३’ को पटकथा तयार पार्न साढे दुई वर्ष लाग्यो: अजय देवगन

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

‘मिर्जापुर: द मुभी’ का निर्माता माथि गीतको चोरी आरोप

राजामैलीकाे ‘वाराणसीः बाबु-छोराको सम्बन्धकाे कथा, कुम्भकर्णसँग युद्द पनि

राजामैलीकाे ‘वाराणसीः बाबु-छोराको सम्बन्धकाे कथा, कुम्भकर्णसँग युद्द पनि

शाहरूख, रानी मुखर्जी र अभिषेक बच्चन २० वर्ष पछि सँगै पर्दामा

शाहरूख, रानी मुखर्जी र अभिषेक बच्चन २० वर्ष पछि सँगै पर्दामा

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

‘बिग बोस २०’ मा १६ प्रतियोगी, आम्रपाली दुबे देखी मेरी काेमसम्म

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

बक्स अफिसमा पछारियो ‘टक्सिक’, निर्मातालाई ३०० करोडको घाटा

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि