सिरहा/श्रावण १४ गते । सिरहा प्रहरीले सुखिपुरबाट अवैध पेस्तोल र त्यसमा लाग्ने पाँच राउण्ड गोलीसहित दुई जनालाई नियन्त्रणमा लिएका छन्।
प्रहरीले सिरहाको सुखिपुर नपा ४ गोडिअर्वाबाट सिरहाकै औरही गाउँ पालिका २ बननियाँका २४ वर्षिय कम्रउदिन राइन र १८ वर्षिय चन्दन कुमार सदायलाई होममेड सेमीअटोमेटीक पेस्तोल एक थान र त्यसमा लाग्ने पाँच राउण्ड गोलि सहित दुवैजनालाई नियन्त्रणमा लिएका हुन्।
प्रहरी चौकी सिलौरवापछुवारीबाट खटिएको प्रहरीले बीआर ३२ एएम ३७७८ नम्वरको भारतीय मोटरसाइकललाई शंकालागि चेक जाच गर्दा मोटरसाइकलको सिट मुनिबाट पेस्टोल र गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रबिन्द्र राज पाण्डेले जानकारी दिए।
पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखेर थप अनुसनधान गरिरहेको प्रहरीले जनाएको छ।

















Discussion about this post