महेश सिंह/सिरहा/असार ३० गते। मणिराम ज्ञवाली नेतृत्वका लघुबित विरुद्धका संघर्ष समितिमा आवद्ध महिलाहरुले सिरहाको धनगढीमाई नगरपालिका धनगढी बजार र जिरोमाईल बजार स्थित नेपाल बन्दलाई सशक्त पार्न पुर्व पस्चिम लोकमार्ग जाम गरेका थिए।
संघर्ष समितिका जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्माको नेतृत्वमा सहभागी महिलाहरुले सडक जाम गरेका थिए।बन्द सफल पार्न सिरहा सप्तरी धनुषा मोहोती सर्लाही लगायतका जिल्ला लघुबित पीडित महिलाहरु सहभागी भइ नेपाल बन्दलाई सशक्त बनाएका थिए।
सिरहामा केहिबेर तनावग्रस्त भएको थियोे।छोटो् तथा लामो दुरीका सबारी साधनहरु केहि बेर रोकिएको थियो।संघर्ष समितिका अध्यक्ष ज्ञवालीका अनुसार मागको सुनवाइ नभए सडकमा आगो बालन पछाडि नहटने सरकारलाई चेतावनी दिएका छन्।शुक्रबार नेपाल प्रहरी र सशस्त्र प्रहरीले बन्दलाई खुकलो गर्न लागदा आन्दोलनकारी महिलाहरु आक्रोशित भए प्रहरी संग बझा बाझ भएको देखिन्थ्यो।
लोकमार्गमा चल्ने गाडीहरु अल्पत्र परेका थिए। बन्दीलाई सशक्त बनाउन खोज्दा जिल्ला अध्यक्ष अर्जुन बिश्वकर्मालाई प्रहरीले कुटपिट गरी पक्राउ गरेका थिए।प्रहरीको कुटपिटबाट ललिता कामत अन्जु चौधरी लगायत आधा दर्जन महिलाहरुलाई चोट पटक लागेका थिए। पक्राउ गरीएका बिश्वकर्मालाई प्रहरीले आधाघन्टा पछि छाडिएका हुन्। आजको नेपाल बन्दको दोश्रो दिन हो।
Discussion about this post