सिरहा । सडक डिभिजन कार्यालय लहान सिरहाका लेखा अधिकृत १ लाख रूपैयाँ घुससहित प क्राउ परेका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बर्दिवासबाट खटिएको टोलीले अधिकृत पदम विनोद पोखरेललाई सेवाग्राहीबाट लिएको एक लाख रुपैयाँ घुससहित आज पक्राउ गरेको आयोगका सहायक प्रवक्ता देवीप्रसाद थपलियाले जानकारी दिए ।
सहायक प्रवक्ता थपलियाका अनुसार उनले सडक निर्माण कार्यको अन्तिम बिल भुक्तानी दिने प्रयोजनार्थ सेवाग्राहीसँग घुस मागेको उजुरी आयोगमा परेको थियो । सोही उजुरीपछि आयोगको टोलीले अनुसन्धान शुरु गरेको थियो ।
अनुसन्धानको क्रममा घुस रकम लिइसकेको अवस्थामा उनलाई सडक डिभिजन कार्यालय लहानबाटै पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको सहायक प्रवक्ता थपलिया जानकारी दिए ।

















Discussion about this post