nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहामा छोराले गैर दलितको छोरी भगाएपछि आमाको अ पहरण, दाईमाथि ज्या नै लिने आक्रमण

सजिलो पोस्ट सजिलो पोस्ट
असार १, २०८०, २:१७ मध्यान्ह
सिरहामा छोराले गैर दलितको छोरी भगाएपछि आमाको अ पहरण, दाईमाथि ज्या नै लिने आक्रमण

टुडपाटी बाट साभार/जनकपुरधाम/असार १ गते । सिरहामा गैर दलितको छोरी भगाएको भन्दै केटाको आमाको अ पहरण भएको घटना बाहिरिएको छ ।

सिरहाको मिर्चैया नगरपालिका १ बस्ने घुरण महराका श्रीमती ४५ वर्षीया राजकुमारी महराको गत मंगलबार सिरहाको बन्दीपुर स्थित भुल्केचोकबाट अपहरण भएको थियो । राजकुमारीलाई बुधबार राति साढे ८ बजे अपहरण मुक्त गरिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका डिएसपी जितेन्द्र बस्नेतले जानकारी दिए ।

उनको अपहरण घटनामा संलग्न रहेको आरोपमा प्रहरीले केटीकी आमासहित तीनजनालाई पक्राउ गरेको छ । अन्य ५ जना फरार छन् । पक्राउ पर्नेमा केटीकी आमा सिरहाको कर्जन्हा नगरपालिका १० का राजकुमार कापरकी श्रीमती ललिता कापर, स्थानीय मनोज कापर र सुवेल अंशारी रहेको डिएसपी वस्नेतले बताए ।

डिएसपी वस्नेतका अनुसार युवकका आमा राजकुमारी ट्याम्पुमा आफन्तसित धनुषाबाट आउँदै गरेको अवस्थामा थाहा पाएको मौका छोपी केटीकी आमा ललिलतासहित ८ जनाको समूहमा अपहरण गरेका थिए । खोजतलासको क्रममा बुधबार राति राजकुमारीलाई लहानबाटै अपहरण मुक्त गराउन सफल भएको छ । उनलाई नियन्त्रणमा लिएकी ललितालाई त्यहीबाट नियन्त्रणमा लिइएको डिएसपी वस्नेतको भनाइ छ । फरार भएकाहरुको खोजी कार्य जारी रहेको डिएसपी वस्नेतले बताए ।

प्रेम सम्बन्धमा परेका राजकुमारीकी छोरा १९ वर्षीय कमलेश महरा र ललिताकी छोरी १८ वर्षीया नेहा कापर गत चैत २३ गते भागेका थिए ।

अपहरणमुक्त भएकी राजकुमारीका अनुसार आफूलाई उनीहरु अपहरण गरेर राति गाडीमा बसाएर भारत तिर लैजाँदै गरेको अवस्थामा एक प्रहरीले चेकजाँचको लागि रोकका थिए । त्यहाँ आफूलाई अपहरण गरेर लगेको गुहार उनले लगाएकी थिइन् । तर उनीहरुले आफ्नो सासु रहेको नाटक गर्दै उपचारको लागि लग्न लागेको र प्रहरीलाई केही रुपैयाँ दिएपछि रोकेनन् । अपहरणको क्रममा आफूमाथि कुटपिट र यातना दिएको राजकुमारीले बताइन् ।

सिलसिलेवार घटना, तर प्रहरी मुकदर्शक

तल्लो जातको केटाले आफ्नो छोरी भगाएको निहुमा केटी पक्षले केटाको घरपरिवारमाथि सृंखलावद्धरुपमा घटना गर्दै आएका छन् । केटीकी बुबा राजकुमार, आमा ललिताले कहाँ भगाएको भन्न दबाब दिँदै केटाको परिवारमाथि कुटपिट तथा यातना दिँदै आएका छन् ।

केटा केटी भागेको समय नै केटीको घरपरिवारले केटाको आमा राजकुमारीमाथि निर्घात कुटपिट गरेका थिए । प्रहरीलाई जानकारी भएपछि केहीदिन सुरक्षा दियो । तर कुटपिट गर्नेमाथि केही कारबाही भएन ।

त्यसपछि पुनः केटीका बुवा राजकुमार र आमा ललितासहितले केटाको दाइ पर्ने काका रामअशिष महराका छोरा २५ वर्षीय रुपेश महरालाई ‘तैले नै भगाएको’ निहुमा दाहिने खुट्टा र टाउको फुट्ने गरी ज्यानै लिने गरी आक्रमण गरे । गम्भीर घाइते रुपेशको बिराटनगरको न्युरो र काठमाडौंको मेडिसिटीसम्म उपचार गराएर केही दिनअघि मात्र घर फर्केका छन् । अहिले उनको स्वास्थ्य अवस्था सुधारउन्मुख छ । ज्यानै लिने गरी भएको कुटपिटमा केटीकी आमा राजकुमार र ललिलतामाथि मिर्चैया प्रहरीमा रुपेशका परिवारले ज्यान मार्ने उद्योग मुद्दा दर्ता गराएका छन् । तर राजनीतिक पहुँचको कारण प्रहरीले उनीहरुलाई पक्राउ नगरेको र मनोवल बढ्दै जाँदा एकपछि अर्को घटनासमेत घटाएको पीडित परिवारको आरोप छ । केटीको अमालाई अपहरण घटनापछि मात्रै प्रहरीले पक्राउ गरेको छ । केटीका बुबा अझै खुलेआम घुमिरहेको पीडित परिवार बताउँछन् ।

यता डिएसपी वस्नेतले आफू २५ दिन अघिदेखि मात्र जिम्मेवारीमा रहेकाले अपराधीहरु खोजेर पक्राउ गर्ने प्रयासमा लागेको बताए । अपहरण घटनामा केटीकी आमासहित आठजनाविरुद्ध किटानी जाहेरी आजै मिर्चैया प्रहरीमा दर्ता भएको डिएसपी वस्नेतले जानकारी दिए ।

स्थानीयका अनुसार केटी पक्षलाई स्थानीय जनप्रतिनिधि र राजनीतिकर्मीले अझै संरक्षण दिएर उन्मुक्तिदिने प्रयास गरिरहेका छन् । अहिलेसम्म केटाकेटी फेला परेका छैनन् ।

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि