जेठ २४ गते । १४ दिने शिशुको ह त्या गरेको आरोपमा बाबुलाई प्रहरीले प क्राउ गरेको छ।
प क्राउ पर्नेमा बाराको देवताल गाउँपालिका–४ घर भएका २५ वर्षीय नुर आलम अन्सारी रहेका छन्।
उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मंगलबार साँझ चन्द्रागिरिस्थित ढुंगेअड्डाबाट प क्राउ गरेको हो।
जेठ १४ गते अन्सारीले आफ्नै नवजात शिशु तथा छोराको हत्या गरेकाले पक्राउ गरी पठाउने भन्दै बारा प्रहरीले पत्राचार गरेपछि अपराध अनुसन्धान कार्यालयले उनलाई पक्राउ गरेको हो। उनले आफ्नो १४ दिनको छोराको हत्या गरी फालेको प्रहरीले जनाएको छ।उनीमाथि थप अनुसन्धान गर्न प्रहरीले उनलाई बारा पठाएको छ।















Discussion about this post