सिरहा/जेठ २४ गते । सिरहा प्रहरीले एउटा मोटरसाइकल सहित ठुलो परिमाणमा प्रतिवन्धित लागुऔषध बरामद गरेको छ।
इलाका प्रहरी कार्यालय मिर्चैयाले नरहा गाउँ पालिका ३ नयाँ चोहर्वाबाट कोविवेल सिरफ एक सय एमएलको दुई सय बोतल, डल्फ डीसी एक सय एमएलको ५० थान, नाइट्रोजन ट्याबलेट ९१ थान सहित प्र. १–०५–००१प ७६०८ नम्वरको मोटराइकल बरामद गरेको हो।
सरप्राइज चेकिङ्गमा रहेका प्रहरीलाई देखेर भाग्ने क्रममा मोटरसाइकल लडन पुगेको थियो। मोटरसाइकल लडाएर भागेपछि सङ्का लागि झोला चेकगर्दा झोलाभित्र रहेको प्लास्टिकको बोरामा सो परिणामको प्रतिवन्धित लागुऔषध बरामद भएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी जितेन्द्र कुमार वस्नेतले जानकारी दिए।
लडेको मोटरसाइकल उठाउन पुगेको स्थानीय र प्रहरीलाई देखेपछि मोटरसाकलमा सवार दुवैजना झोला छोडेर फरार भएको एक प्रत्यक्ष दर्शिले जनाए। लगतै आएका स्थानीय र प्रहरीले झोला खोली हेर्दा बोराभित्र प्याक गरेको सामान बरमद भएको प्रहरीको भनाई छ।
बरामद मोटरसाइकल धनीसँगको समन्वयमा उनीहरुको खोजी थाल्ने प्रहरीको भनाई छ। घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

















Discussion about this post