nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : ज्वाइँले जग्गा हड्पेपछि ससुरा परलोकमा, तीन छोराको बिचल्ली यस्तो छ घटनाको नालीबेलि

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २३, २०८०, ८:५७ मध्यान्ह
सिरहा : ज्वाइँले जग्गा हड्पेपछि ससुरा परलोकमा, तीन छोराको बिचल्ली यस्तो छ घटनाको नालीबेलि

सिरहा/जेठ २३ गते। सिरहामा उब्जनीयुक्त डेढ बिगाहा जग्गा आफ्नै ज्वाइँले हड्पेपछि मानसिक रोगी बनेका एक जनाको ज्या न गएको छ । आफ्नो नाममा भएका जग्गा सबै गुमेपछि मानसिक रोगी बनेका बुबाको अकालमा मृत्यु पश्चात् तिनका सन्तानको बिल्लीबाठ भएको बताइन्छ । 

मृतकका तीनै जना छोराको भविष्य अन्यौलग्रस्त बनेको छ भने पुख्र्यौली सम्पत्ति फिर्ता गर्न संघर्षरत तीन भाइले उल्टै लाखौं रुपैयाँ बुझाउन परेको छ ।

के थियो घटना ? 

कुरा वि.सं.२०६५ को हो । सिरहाको लक्ष्मीपुर पतारी गाउँपालिका वडा नम्बर ७ का मुक्तिनाथ साहलाई एक मात्र छोरीज्वाइँले व्यापार व्यवसाय गर्ने प्रयोजनार्थ जग्गा धितोमा राखिदिन आग्रह गरे । छोरीको सुन्दर भविष्यको सपना देखेका उनले केही समयपछि जग्गा फिर्ता गरिदिने ज्वाइँको आश्वासनलाई नाईंनास्ती पनि गर्न सकेनन् । 

समाजमा वौद्धिक व्यक्तित्वको छबि बनाएका नेपाली काँग्रेसका पुराना नेतासमेत रहेका उनले ज्वाइँले भनेसरह ईन्द्रदेव साहको नाममा डेढ बिगाहा जग्गा पास गरिदिए । जग्गा पास गर्ने समयमा साहका दुई छोरा वैदेशिक रोजगारको सिलसिलामा मलेसियामा थिए । अर्को, एक भाइ भने भारतको बाबाधाम गएका थिए । घरमा कोही नभएको मौका छोपेर ज्वाइँले षड्यन्त्रको जाल बिच्छ्याएको चुरोकुरो उनले बुझ्नै सकेनन् । 

ज्वाइँ रामकुमार साह १० वर्ष वैदेशिक रोजगारीको सिलसिलामा बाहिर थिए । विदेशबाट फर्किएर उनले मुक्तिनाथको एक मात्रै छोरी रितादेवीसँग् विवाह गरेका हुन् । विवाहपश्चात् यतै बस्दै आएका उनले स्थानीयलाई विदेश पठाउने एजेण्टको रुपमा काम गरे । व्यवहारमा व्यापार व्यवसाय गर्नका लागि जग्गा मागेको सोचेका मुक्तिनाथ जग्गा हड्पेको थाहा पाइसकेपछि मानसिक रोगको शिकार बन्न थाले ।

उपचारको क्रममा उनको ६१ वर्षको उमेरमा अकालमा ज्यान गएको बताइन्छ । ‘जग्गाको टेन्सन लिँदालिँदै उहाँ मानसिक रोगी बन्नुभएको थियो । उपचारको क्रममा उहाँले अकालमा ज्यान गुमाउनुभयो’, माईला छोरा गणेशनारायण साहले भने । 

यसरी भयो षड्यन्त्रको पर्दाफास

पाँच वर्ष मलेसिया बसेर फर्किएका जेठो र कान्छो छोरा क्रमशः हेमन्दर, जितेन्दर र नेपालमै रहेका गणेशनारायणले स्वदेशमै बिजनेश गर्ने संयुक्त योजना बनाए । त्यसका लागि पुँजीको खाँचो परेको थियो । तीनै भाइले जग्गा धितो राखेर बैंकबाट ऋण लिने आफूहरुको योजना बुबालाई सुनाए । 

जवाफमा बुवाले भने, ‘जग्गा ज्वाइँको नाममा पास गरिसकेको छु ।’ यति भनेपछि उनीहरु छाँगाबाट खसेझैं भए । त्यसपछि जग्गाको विषयमा विवाद शुरु भयो । स्थानीय जनप्रतिनिधि र समाजका भद्रभलाद्मीसहितको ‘कचहरी’ बस्यो ।

छलफलको क्रममा रामकुमारले माईलो सालो गणेशनारायणसँग लेनदेन बाँकी रहेको बताए । सबै जनाको उपस्थिति रहेको बैठकले पैसा फिर्ता गरेपछि जग्गा पनि फिर्ता गर्नुपर्ने निश्कर्ष निकाल्यो । 

गणेशनारायण भन्छन्, ‘घरखर्च चलाउन भिनाजुसँग लिएको पैसा बैशाखमा कमल यादवमार्फत एक लाख ९५ हजार, एक लाख र दुई लाख २५ हजार गरी चार लाख २५ हजार, सन्तोष ठाकुरमार्फत एक लाख ९५ हजार, कौशलराममार्फत् एक लाख रुपैयाँ र आफूमार्फत ५० हजार गरी आठ लाख ६५ हजार रुपैयाँ बुझाइसकेको छु । तर पनि भिनाजुले जग्गा पास गरेका इन्द्रदेव साहले जग्गा फिर्ता गरेको छैन ।’

इन्द्रदेवले थप २० लाख दिएमा मात्र जग्गा फिर्ता गर्ने भनेको उनी बताउँछन् । पैसा बुझाउँदा बुझाउँदै दिक्क बनिसकेका उनले जिल्ला प्रशासन कार्यालय, सिरहामा हालै मीटरब्याजीको उजुरी दर्ता गराएका छन् । २४ कठ्ठा जग्गामध्ये १५ कठ्ठा भिनाजु र ईन्द्रदेवले अर्कैलाई बेचिसकेको उनको दाबी छ । 

को हुन् रामकुमार र ईन्द्रदेव ?

ज्वाइँ रामकुमार सप्तरीको कल्याणपुर निवासी हुन् । १० वर्ष दुबई बसेर आएका उनी विवाहपछि नेपालमै एजेण्टको काम गरिरहेका थिए । उनले विदेश पठाउने नाममा धेरैलाई ठगेको खुलेको छ । अहिले उनी सिरहाको लहान नगरपालिका वडा नम्बर ७ मा पसल सञ्चालन गरेर बसेका छन् । 

त्यस्तै, उनी चौधरी समुदायकी एक महिलासँथ ‘लिभिङ्ग टुगेदर’ मा बसेको कुरा पनि बाहिर आएको छ । मिर्चैयाका ईन्द्रदेव नामुद ठग रहेको प्रहरी प्रशासन स्रोतको दाबी छ । नेपाल लाइफ ईन्स्योरेन्सको एजेण्टका रुपमा उनले सयौंलाई ठगेको स्थानीयको आरोप छ । ‘उनी प्रहरीको अनुसन्धानमा छन् । उजुरीमा लगाइएको आरोपहरु पुष्टि हुनासाथ उनी पक्राउ पर्छन्,’ प्रहरी स्रोतले भन्यो । यस विषयमा जनआस्था सम्वाददाताले प्रतिक्रिया लिन खोज्दा दुवैको फोन उठेन । स्रोत-जनआस्था अनलाई बाट साभार गरिएको

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

जनकपुरमा कल्पना पटवारीको छठ गीतको भव्य छायांकन सम्पन्न, उच्चस्तरीय भिडियो निर्माण प्रोडक्सन हाउसको लक्ष्य

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

अबदेखि नागरिकता बनाउन जिल्ला धाइरहन नपर्ने, काठमाडौंमै बन्छ नयाँ नागरिकता

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

ब्राजिलको राष्ट्रपति निर्वाचनमा पराजित भएपछि बोल्सेनारो अमेरिका पलायन

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

इजरायलमा नयाँ प्रधानमन्त्री चुनिन २८ दिनकाे समय, यस्ताे छ सरकार गठन प्रकिया

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

माइक्रोसफ्टले ६० हजार कर्मचारीलाई स्वैच्छिक अवकास दिने

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

तेस्रो सन्तानकाे आमा-बुबा बन्दै क्रिकेटर विराट र अनुष्का !

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

देश छाड्ने निर्णयविरुद्ध अदालत पुगेका इमरानलाई राहत, तत्काल छाडनु नपर्ने

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

अमेरिकी आप्रवासनमा ट्रम्पले ल्याएका ५ ठूला परिवर्तन तर ‘गाेल्डेन टिकट’ फ्लप

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

माओलाई ‘तानशाह’ भने पछि चिनियाँ ब्रान्डहरूले ताेडे एम्बाप्पेसँगकाे सहकार्य

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

इजरायली चुनाव: कहिल्यै मतदान नगर्ने अरब समुदाय यसपटक किन भयो अत्यधिक सहभागी ?

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि