जेठ २१ गते । धनुषा प्रहरीले यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट एकजना बिचौलिया प क्राउ परेका छन् ।
प क्राउ पर्नेमा जनकपुरधाम १९ जमुनिया बस्ने किशोरी यादवको २६ वर्षीय छोरा २६ वर्षीय पुनित यादव रहेको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक बेदप्रसाद गौतमले जानकारी दिए ।
आइतबार दिउँसो करिब साढे १२ बजेको समयमा जनकपुरधाम उप–महानगरपालिका १४ स्थित रहेको यातायात कार्यालय जनकपुरमा बिचौलियाको काम गरिएको गोप्य सूचनाको आधारमा खटेको प्रहरी टोलीले एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।















Discussion about this post