सिरहा/जेष्ठ १४ गते। सिरहामा मोटरसाइकल र स्कुटर एकआपसमा ठोकिँदा घट्नास्थलमै एक जनाको मृ त्यु भएको छ भने तीन जना घाइते भएका छ्न ।
सिरहाको नरहा गाउपालिका वडा न-३ स्थित रहेको अन्कुर होटेल नजिक प्रदेश-२-०१००३ प ६३२१ नम्बरको स्कुटि र स ७ प २६१२ नम्बरको मोटरसाइकल एकआपसमा ठोकिँदा एक दुर्घटना भएको हो।
मृत्यु हुनेमा जिल्ला सिरहा नरहा गाउपालिका वडा न-३ नया चोहर्वा बस्ने कपुर साहको छोरा अन्दाजी बर्ष २४ को रन्जित साह रहेको र घाइतेहरुको उपचार गोलबजारको भुमिजा अस्पतालमा भइरहेको इलाका प्रहरी कार्यलय गोलबजारका इन्स्पेकटर डुपेन्द्र प्रसाद बुढाथोकीले जानकारी दिएका छ्न ।
मिर्चैया नगरपालिका वडा -३ बस्ने अ-बर्ष-२३ को उमेश महरा,सोही स्थानका बर्ष-२४को बेचन महरा(बेचु),बर्ष-२२को सन्जय ठाकुर घाइते भएका छन ।

घाइते भएका मध्य उमेश महरा गम्भीर घाइते भएका हुनाले थप उपचारका लागि बिराटनगर पठाइएको भुमिजा अस्पतालका डा.आन्न्द साहले जानकारी दिए । डा.साहले भने दुई जनाको अबस्था समान्य रहेको जनाए ।
मृ त्यु भएका साहको शव लाई पोस्टमार्टमको लागि लहानको प्रादेशिक अस्पताल पठाइको इलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ ।

















Discussion about this post