nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहाको मिर्चैया नगरपालिकाको नापी कार्यालय हाकिम र कर्मचारी नहुँदा सहयोगीको भरमा सञ्चालन

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ ४, २०८०, १०:२९ मध्यान्ह
सिरहाको मिर्चैया नगरपालिकाको नापी कार्यालय हाकिम र कर्मचारी नहुँदा सहयोगीको भरमा सञ्चालन

जेठ ४ गते। सिरहाको मिर्चैया नगरपालिकास्थित विशेष नापी कार्यालय कार्यालय सहयोगीको भरमा चलिरहेको छ । कार्यालय प्रमुखसहित प्रशासनिक काम गर्ने कर्मचारी नहँुदा कार्यालय सहयोगीको भरमा सञ्चालन भएको पाइएको हो ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण किता नापी महाशाखा विशेष नापी कार्यालय मिर्चैयामा कर्मचारी नहुँदा सेवाग्राही मार्कामा परेका छन् । यस कार्यालय मातहतमा करिब तीन दर्जन प्राविधिक कर्मचारीहरु कार्यरत रहे पनि कार्यालय भने सहयोगीको भरमा चलेको छ । जनगुनासोपश्चात संचारकर्मीहरु कार्यालयमा पुग्दा दुईजना कार्यालय सहयोगी र एकजना  सवारी चालक मात्र भेटिए । त्यहाँ भेटिएका कार्यालय सहयहोगीहरुलाई कार्यालय प्रमुख कहाँ हुनुहुन्छ? भनी सोध्दा उनीहरुले फिल्डमा गएको जवाफ दिए ।

सञ्चारकर्मी पुग्दा कार्यालय सञ्चालन गर्न भाडामा लिएका जम्मा ११ वटा कोठामध्ये दर्ता चलानी गर्ने कोठा मात्र खुला थियो ।  कार्यालय प्रमुख बस्ने कोठा, प्रशासन, भण्डारण कक्ष, नापी अधिकृत लगायतका कोठाहरु महिनौँदेखि ताला लगाएर राखेको देखियो। कार्यालय प्रमुखको कक्षको ढोकामा कयौं दिनदेखि नखुलेको जस्तो र पानीको जार राखिएको अवस्थामा  भेटिए ।

यसबारे बुझ्न कार्यालय प्रमुख दिलीप कुमार सिंहलाई फोन गरी कार्यालयमा आएको छु, भेटौं न भन्दा उनले ‘म अहिले अन्य कामले बाहिर आएको छु तत्काल भेट्न सकिन्न पछि भेटौला’ भन्ने जवाफ दिए । साथै उनले थप भने, ‘म अहिले अन्य कामको टेन्सनमा छु, दुई हप्ता अझै तपाइँहरुसँग भेट्न सकिन्न, कार्यालय पनि आउँदिनँ ।’

यस कार्यालय मातहतमा रहेर नरहा गाउँ्पालिका, मिर्चैया, कर्जन्हा, कल्याणपुर, सिरहा नगरपालिकाहरुमा नापजाँचको काम चलिरहेको छ । नाप जाँजको क्रममा कार्यालयमा सेवाग्राहीहरु भेट्न आउँदा कहिल्यै कर्मचारी फेला पर्दैनन्।

आइतबारका दिन मध्यान्न तराईको तातो घाममा नरहा गाउँपालिका ४ का ६१ वर्षिय वैजनाथ यादव विशेष नापीले आफ्नो नम्बरी जमिन नापेको विषयमा बुझ्न गएका थिए । तर, उनी कर्मचारी नभएका कारण आफ्नो समस्या सुनाउन नपाई फर्किए । उनी यसअघि नापी कार्यालय सिरहा गएका थिए । सिरहामा विशेष नापीले नापेको हो, मिर्चैया जानुस् भनेर पठाएपछि मिर्चैया विशेष नापीमा त आए तर, उनी कर्मचारी नभेटेरै फर्किनु पर्‍यो ।

यादव मात्र हैन यहाँ आउने हरेक सेवाग्राही सम्बन्धित् कर्मचारी नभएकै कारण निराश  भएर फर्किनुपर्ने बाध्यता छ । कार्यालयमा कर्मचारी नभेट्दा उनीहरु कहिले सिरहा त कहिले यसै कार्यालयको मातहतमा रहेको विभिन्न टोलीमा भौतारिने गरेको सुनाउँछन् ।-न्युज कारखाना

Tags: सिरहा खबर

Discussion about this post

Related Posts

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

इजरायली निर्वाचनमा कतारको हस्तक्षेपको आशंका, अनुसन्धान सुरू

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

शेख हसिना भाग्दै गरेको भिडियो खिच्ने अधिकृतको मृत्यु

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

हसिना ढाकाबाट भाग्नु अघि नै तय गरिएको थियो मुहम्मद युनुसको नेतृत्व

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

अफ्रिका महादेशमा पहिलो पटक ओलम्पिक खेलाउने दाउमा दक्षिण अफ्रिका

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

हिमपात र हिमपहिरोको उच्च जोखिम: त्यता नजान पर्यटकलाई आग्रह

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

काजकिरिया गरिसकेका व्यक्ति ६ महिनापछि जिउँदै फर्किए, प्रहरी र अस्पतालको सनाखतमाथि गम्भीर प्रश्न

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

जनकपुरले काठमाडौंलाई आठ विकेटले हरायो

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

छठ पर्वको अभिन्न प्रसाद ठेकुवा : आस्था, परम्परा र प्रवासी जीवनसँग जोडिएको मिठास

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

‘अर्नब’ चक्रवात आँधीलाई ध्यानमा राख्दै सरकार उच्च सतर्क अवस्थामा

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

कांग्रेसका नवनिर्वाचित पदाधिकारी र केन्द्रीय कार्यसमितिका सदस्यहरूले लिए शपथ

Advertisement

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि