बैशाख २९ गते। भारतबाट अवैधरुपमा नेपाल भित्र्याई रौतहटको राजपुर नगरपालिका–५ स्थित स्कुल चोकका विभिन्न स्थानमा भण्डारण गरिएका झण्डै एक हजार बोरा युरिया मल प्रहरीले बरामद गरेको छ ।
अवैध रुपमा भित्र्याइएको मल शुक्रबार जिल्ला प्रहरीको टोलीले छापा मारी नियन्त्रणमा लिएको हो । मल नियन्त्रणमा लिई अनुसन्धान तथा कारबाहीको लागी गौर भन्सार कार्यालय ल्याउन लाग्दा स्थानीयले अवरोध गरेपछि केहीबेर स्थिति तनावपूर्ण बनेको छ । स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड अश्रुग्यास प्रहार गरेको छ ।
जिल्लाबाट प्रहरी निरीक्षक दिनेश कुँवरसहितको टोलीले राजपुरस्थित स्कुल चोक नजिकका एक घरमा लुकाई राखेको अवस्थामा एक हजार बढी यूरिया मल बरामद गरेको जिल्ला प्रहरी प्रमुख एसपी वीरबहादुर बुढामगरले बताए ।
‘भारतबाट भित्र्याइएको मल कसको हो र घरधनी को हो भन्ने खुल्न बाँकी छ,’ उनले भने,‘नियन्त्रणमा लिइएको मल कारबाहीका लागि सदरमुकाम गौर ल्याउने क्रममा स्थानीयले अवरोध गरेका छन् । स्थिति नियन्त्रणमा लिन अश्रुग्यास प्रहार गरेका हौं ।’















Discussion about this post