सिरहा/बैशाख १९ गते। सिरहाको सुखिपुरमा १४ वर्षीया किशोरीमाथि बला त्कार भएको छ।
किशोरीलाई बला त्कार गरेको आरोप लागेका युवक फ रार भएका प्रहरीले जनाएको छ।
सुखिपुर नगरपालिका ३ का ३५ वर्षीय रियाज अन्सारीले केही दिनअघि स्थानीय १४ वर्षीया किशोरीलाई बला त्कार गरेका हुन्।
घटना सार्वजनिक भएपछि आरोपी अन्सारी फ रार छन्। किशोरीका अभिभावकले अन्सारीलाई प क्राउ गरी कारबाही गर्न माग गर्दै सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा उजुरी दिएका छन्।
केही दिनअघि उनले किशोरीलाई ललाइफकाइ बला त्कार गरेका भन्दै पीडित पक्षबाट उजुरी परेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी रविन्द्रराज पाण्डेले जानकारी दिए।
प्रादेशिक अस्पताल सिरहामा किशोरीको स्वास्थ्य परीक्षण गरिएको छ। फ रार आरोपीको खोजी भइरहेको घटनाको र थप अनुसन्धान सुरु गरिएको पाण्डेले बताए।

















Discussion about this post