जनकपुरधाम/बैशाख १७ गते । अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगको कार्यालय स्थापना भएको छ । आइतबार बिहान जनकपुर पुगी उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले आयोगको कार्यालयको उद्घाटन गरेका हुन् ।

धनुषा जिल्ला हुलाक कार्यालयको निर्मित भवनमा स्थापना गरिएको आयोगको कार्यालय स्थापना गरिएको हो । मधेसमा गरिब विपन्न तथा सर्वसाधारणहरू मिटरब्याजी साहुको आतङ्कमा परेपछि पैदल हिँडेर काठमाडौँ आएर आन्दोलन गरेका थिए ।
गरिब तथा विपन्न सर्वसारधारणहरु मिटरब्याजी साहुको आतंकमा परेपछि पीडितहरु पैदल हिडेर काठामाडौँ पुगी कठोर रूपमा आन्दोलन गरेपछि सरकारले तीन सदस्यीय आयोग गठन गरेको थियो । गठन गरिएको सोही आयोगको केन्द्रीय कार्यालय जनकपुरधाममा स्थापना गरिएको छ ।
मिटरब्याज सम्बन्धी समस्या समाधान गर्न सरकारले गठन गरेको जाँचबुझ आयोगले पीडितहरूलाई उजुरी गर्न पनि आव्हान गरिसकेको छ । पीडितहरू ७७ जिल्लाकै जिल्ला प्रशासन कार्यालयबाट उजुरी गर्न सक्नेछ ।
उजुरीलाई व्यवस्थित गर्न सबै जिल्ला प्रशासन कार्यालयमा मिटरब्याज पीडित सहायता कक्ष स्थापना गरिएको छ । जहाँ कर्मचारीले नै निवेदन फारम भराइदिने छ । आयोगले उजुरी दिन १७ बैशाखदेखि ३१ वैशाखसम्मकोबसमय तोकेको छ ।




















Discussion about this post