रोतहट/बैशाख २ गते । रौतहटको गढीमाईमा जग्गा विवादलाई लिएर दुई समूहबीच झ डप हुँदा एक जनाको मृ त्यु भएको छ ।

धनगढीमाई नगरपालिका–८ धोबिनियामा जग्गा विवादलाई लिएर शनिबार दुई समूहबीच विवाद भएको थियो । सोक्रममा गोली हानाहान हुँदा एक जनाको मृ त्यु भएको प्रहरीले जनाएको छ ।

झडपमा अन्य तीन जना घाइते भएका छन् । गोली हानाहान हुँदा धनगढीमाई नगरपालिका ८ का रामकुमार रायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
प्रहरीका अनुसार अवैध हतियारबाट गोली हानहान भएको थियो । तीनै जना घाइतेको गरुडास्थित ग्राण्डी अस्पतालमा उपचार भइरहेको बताइएको छ ।




















Discussion about this post