nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : झुटो तमसुक बनाइ जग्गा हत्याउने प्रयास

सजिलो पोस्ट सजिलो पोस्ट
चैत्र २८, २०७९, ९:०० मध्यान्ह
मधेस प्रदेश : झुटो तमसुक बनाइ जग्गा हत्याउने प्रयास

चैत २८ गते। एकजना व्यक्तिले जग्गा नामसारी गराउने नाममा लाखौको कपाली कागज गराएको पाइएको छ ।

रौतहटमा जिल्लाको माधवनारायण नगरपालिका–६ माधोपुरका धुपलाल साहको श्रीमती गणपति देवीसंग रौतहटकै कटहरिया नगरपालिका–८ पिप्रा पोखरियाका शिवशरण साहका जेठो दाइ रामविलाश साहले जग्गा नामसारी गराउने बहानामा झुक्याएर २८ लाखको तमसुक अर्थात कपाली कागजमा सहीछाप गराएको रहस्य खुलेको छ ।

पीडित गणपति देवीको पिप्रा पोखरियाका शिवशरण साह ज्वाई हुन भने जग्गा नामसारी गराइदिने नाममा कपाली कागजमा सहीछाप गराउने रामविलास साह उनका ज्वाईका आफनै जेठो दाइ हुन् । साहले गणपति देवीसंग जग्गा नामसारी गराइदिने भनी २८ लाखको कपाली कागजमा सहीछाप गराएर गणपति देवीको करिब ७० लाख मूल्य बराबरको घर घडेरी सहितको १९ कठ्ठा जग्गा मुद्दा दिएर जिल्ला अदालत गौरमा रोक्का गराइदिएका छन् ।

पीडित गणपति देवीले सोमबार पत्रकार सम्मेलन गरेर सो गुनासो पोखेकी छन् । ज्वाई शिवशरण साहकै मिलेमतोमा रामविलास साहले आफूलाई झुक्याएर जग्गा नामसारी गराउने नाममा आफूसंग २८ लाखको कपाली कागज गराएको पीडित गणपति देवीले बताएकी छन् । साहसंग आफूले एक रुपैयाँ समेत नलिएको तर उनले विभिन्न मितिमा गरी आफूसंग २८ लाख रुपैयाँको झुटो ऋण लिएको भन्दै झुटो कपाली कागजमा सहीछाप गराएको उनले बताइन् ।

आफूसंग २८ लाख रुपैयाँ ऋण लिएको भनी साहले आफनो करिव ६० लाख बराबरको १९ कठ्ठा जग्गा अदालतमा रोक्का गराएर आफुमाथि ठूलो अन्याय गरेको दुखेसो उनले पोखिन । गणपति देवीको एक छोरा र चार जना छोरी रहेकोमा केही वर्षअघि उनको छोराको मृ त्यु भयो ।

छोराको मृ त्यु पछि उनी निकै तनावपूर्ण जीवन बिताइरहेकी थिइन् । छोराको मृ त्युपछि गएको एक वर्षअघि गणपति देवीको श्रीमान धुपलाल साहको समेत आफ्नै कालगतिले मृ त्यु भइसकेको छ । केही दिनकै अन्तरालमा छोरा र श्रीमान दुबै गुमाएपछि गणपति देवी एक्लै हुन पुगिन् । त्यसपछि गणपति देवीले आफ् ना श्रीमानको नाममा भएको सबै सम्पत्ति आफना नाममा गराउने र आफना चारै जना छोरीलाई बराबर बराबर सम्पत्ति बाँडफाँट गरिदिने निधो गरिन् । गणपति देवीले आफना चारै जना छोरीलाई बराबर बराबर सम्पत्ति बाँडफाँड गर्न चाहेको सुइको पिप्रा पोखरीया बस्ने उनकी सानो छोरीको श्रीमान शिवशरण साहले पाए ।

त्यसपछि उनको ज्वाई साहले सासुको सबै सम्पत्ति आफू एक्लै हत्याउने दाउमा लागे । सासुको सबै सम्पत्ति एक्लै हत्याउन ज्वाई शिवशरण साहले आफ्ना जेठो दाइ रामविलास साहलाई अगाडि सारे । त्यसपछि पेशाले शिक्षक रहेका रामविलास साह गणपति देवीलाई जग्गा नामसारी गराइदिने झुटा आश्वासन दिएर फकाउन थाले । साहले गणपति देवीलाई राम्ररी फकाउन सफल भएपछि उनले गणपति देवीसंग जग्गा नामसारी गराउने भनी २८ लाखको कपाली कागजमा सहीछाप गराए । कपाली कागज गराएर साहले जिल्ला अदालत गौरमा गणपति देवीको करिव ७० लाख रुपैया बराबरको सबै जग्गा जमिन रोक्का गराएका छन् ।

गणपति देवीले आफुसंग लिएको २८ लाख रुपैयाँ ऋण तिर्न नसकेको भनी रिऋको बदला जग्गा पाउनुपर्ने भन्दै साहले जिल्ला अदालत गौरमा मुद्दा दिएर उनको सबै जग्गा रोक्का गराइदिएका छन् । आफूलाई झुक्याएर २८ लाखको कपाली झुटो कागज गराउने र आफना सबै जग्गा जमिन रोक्का गराउने ज्वाई शिवशरण साह र उनका जेठो दाइ रामविलास साह दुबै जनालाई हदैसम्मको कारबाही गर्न गणपति देवीले सम्बन्धित निकायसंग माग गरेकी छन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

मानव अधिकारमैत्री बजेट र कार्यान्वयनमा जोड

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

विद्यालय,सामुदायिक प्रहरी साझेदारी र लैङ्गिक सेवा प्रदायकहरू बीच जनकपुरधाममा अन्तरक्रियात्मक संवाद कार्यक्रम सम्पन्न

चलचित्र विधेयक सम्बन्धित समितिमा

चलचित्र विधेयक सम्बन्धित समितिमा

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

राष्ट्रियसभा विशेष समयः ‘किसानलाई मलको अभाव नहोस्

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

गणतन्त्र दिवसको अवसरमा प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्नुपर्छ :प्रथम राष्ट्रपति यादव

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

मधेश प्रदेश सरकारको मन्त्रिपरिषद् विस्तार, ५ मन्त्रीले लिए शपथ

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

जनसंख्याको आधारमा बजेट दिन मधेस सरकारको माग

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

सरकारी गाडीको दुरुपयोग रोक्न धनुषा प्रशासनको कडाइ

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

मिथिलाञ्चलमा श्रद्धापूर्वक मनाइयो गंगा दशहरा पर्व

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

सरकारलाई रासायनिक मलको व्यवस्था गर्न सिंहकाे माग

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

Advertisment

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!