चैत २४ गते । सप्तरीमा विषादी सेवनका घटना निकै बढ्न थालेको छ । विगत केही दिनदेखी विषादी सेवन गर्नेको संख्या झण्डै दुई दर्जन पुगेको छ ।
यसैक्रममा बुधबार जिल्लाको कंचनरुप नगरपालिका वडा नं. ३ दास टोल निवासी ईन्द्रदेव दासको छोरा २२ वर्षिय श्याम कुमार दासले विषादी सेवन पश्चात् उपचारका क्रममा बिहीबार बिहान उनको मृ त्यु भएको प्रहरीले जनाएको छ ।
विषादी सेवनको कारण खुल्ने नसकेको जनाउँदै प्रहरीले धान, गहुँमा हाल्ने अलमुनियम नामक बिषादी सेवन गरेका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा सामान्य उपचार पश्चात थप उपचारका लागि बिराट नर्सिङ होम बिराटनगर लगिएकोमा उपचारकै क्रममा बिहीबार बिहान मृ त्यु भएको हो ।
यता बिहीबार जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित जमुनी बस्ने २७ वर्षिय बिरेन्द्र मुखियाले घरायसी बादबिबादको कारण नाम नखुलेको बिषादी सेबन गरेका छन् । विषादी सेवन गरेका उनको गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।




















Discussion about this post