nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सप्तरी : चिहान पनि छैन मुसहरलाई

सजिलो पोस्ट सजिलो पोस्ट
फाल्गुन २३, २०७९, ९:१० बिहान
सप्तरी : चिहान पनि छैन मुसहरलाई

तुफान न्यौपाने,अवधेश झा/सप्तरी। सप्तरीको महादेवा–४ मनियार पर्साई (मुसहरी टोल) का सहाब सदा मिर्गौला रोगबाट पीडित थिए । अस्पतालमा रोग पत्ता लागे पनि उपचार खर्च नभएका कारण घरै ल्याएर राखिएको थियो । गत असार ७ को राति १० बजे त्यही रोगका कारण उनले प्राण त्यागे । 

सदा परिवारलाई आफ्ना अभिभावक गुमाउनुको पीडा त छँदै थियो, त्यसमाथि थपियो उनको अन्तिम संस्कार कहाँ गर्ने भन्ने चिन्ता । टोलछिमेक जम्मा भए, तर शवलाई दाहसंस्कारका लागि कहाँ लैजाने भन्ने निर्क्योल हुन सकेन । भोलिपल्ट बिहान ११ बजे उनीहरूले सहाबको शव नजिकैको कलिया नदी किनारमा पुर्‍याए । पहिलेदेखि नै उक्त नदी किनारमा शव जलाउँदा त्यहाँको खेतको स्वामित्व भएका अर्को गाउँका मानिसहरूबाट अवरोध खेप्दै आएका कारण कलिया नदी पहिलो रोजाइ थिएन । सानो कलिया नदीको तीरसमेत खेतकै रूपमा व्यक्तिको स्वामित्वमा छ, त्यहाँ शव जलाउनका लागि उनीहरूले रोक लगाउँदै आएका छन् । तर केही उपाय नलागेर टोलछिमेकले घरदेखि दुई किलोमिटर टाढाको कलिया नदीको किनारमा शव पुर्‍याएका थिए ।

मलामी गएका बृहस्पति सदाका अनुसार शवमा दागबत्ती दिएका मात्र के थिए, छेउकै बनौली गाउँबाट जग्गाका स्वामीहरू समूह बनाएर आए । ‘हामी मलामीको भागाभाग भो, त्यहीं बसेर प्रतिरोध गरेको भए पक्का झडप हुन्थ्यो,’ बृहस्पति भन्छन्, ‘लासमा आगो लागिसकेको थियो, उसका परिवारका मानिसहरू भागेनन् । त्यसपछि आइन्दा यहाँ नजलाउनू भन्ने चेतावनी दिएर फर्किएछन् ।’

मृतक सहाबकी बुहारी उर्मिलादेवी अन्तिम संस्कारका समयमा भएको विवादका कारण आफ्ना ससुराले मरेपछि पनि शान्ति पाएनन् कि भन्ने चिन्ताले आफूहरूलाई सताइरहेको बताउँछिन् । श्रीमान् र आफू मिलेर ज्यालादारी मजदुरीमा दुई सन्तान हुर्काउँदै गरेकी उनलाई ससुराको अन्तिम संस्कारमा भएको खर्चको ऋणले च्यापिरहेको छ ।

चार वर्षअघि श्रीमान् गुमाएकी सोही टोलकी पुर्निदेवी सदाले गत मंसिरमा क्यान्सरपीडित जेठो छोरो जंगीलाल गुमाइन् । मजदुरीमा परिवार पाल्दै आएका जंगीलाल क्यान्सरले थलिएपछि उपचारका लागि भरतपुरदेखि धरानसम्म पुगेका थिए । तर गत मंसिर १ गते साँझ ८ बजे जंगीलालले अन्तिम सास फेरे । गत असारमा सहाबको सद्गत गर्दा अवरोध बेहोरेका मनियार पर्साई टोलवासीले जंगीलालको शव उठाइहाल्ने हिम्मत गरेनन् ।

मृत्यु भएको राति, भोलिपल्ट दिनभर कुर्‍यौं । अन्तिम संस्कार नगरेसम्म केही नखाने चलन भएकाले सबै भोकभोकै बस्यौं । भोलिपल्टको पनि राति १२ बजे कलिया खोलामा पुर्‍यायौं,’ जंगीलालका छिमेकी नागेश्वर सदाले भने ।

उनले भने, ‘हाम्रो चलन त मृतकलाई आगोमा जलाउने हो । तर, आगो लगाउँदा खेतवालाले थाहा पाउँलान् भन्ने डरले चुपचाप खाडल खनेर गाड्यौं ।’ चलनअनुसार अन्त्येष्टि गर्न नपाएकामा पुर्निदेवीलाई थकथकी छ । ‘आफ्नो छोरा जन्मिएको एक सातापछि उस (जंगीलाल) ले हामीलाई छाडेर गयो,’ उनले मैथिलीमा भनिन्, ‘तर, संसार छाडेर गएको छोराको संस्कार गर्न पाइएन ।’ हाल कुनै काम गर्न नसक्ने वृद्ध पुर्निदेवी बुहारी (जंगीलालकी श्रीमती) र उनका दुई सन्तानकी एकमात्र भरोसा बनेकी छन् ।

जंगीलालको मृत्यु भएको केही दिनपछि उनका छिमेकी रामनारायण सदाको मृत्यु भयो । मुटुरोगबाट ग्रसित उनले ३५ वर्षकै उमेरमा ज्यान गुमाएका थिए । उनकी श्रीमती रन्जु सदा गत वैशाख ३० मा सम्पन्न स्थानीय तह निर्वाचनमा सप्तरीको महादेवा गाउँपालिका वडा नं. ४ मा दलित वडा सदस्य निर्वाचित भएकी थिइन् । सहाब र जंगीलालको दाहसंस्कारका क्रममा भोगेको झमेलाका कारण जनप्रतिनिधि रन्जुले आफ्ना पतिको संस्कारका लागि फेरि कलिया नदी लैजान दिने हिम्मत गरिनन् । ‘बिहान ४ बजे घरमै मृत्यु भयो, कहीं जान नसक्ने भएपछि घरपछाडि बारीमा जलायौं,’ उनले सुनाइन् ।

तीन छोरी र एक छोराको अभिभावकत्व रन्जुको एकल काँधमा सरेको छ । जनप्रतिनिधि निर्वाचित भए पनि गाउँपालिकामा उनलाई व्यस्त बनाउने कुनै भूमिका दिइएको छैन । उनी दैनिक ज्यालादारी गर्न जान्छिन् । ‘मजदुरी नगरेसम्म बाँच्नै सकिँदैन,’ उनले भनिन् । गाउँका मुसहरले भोगिरहेको समस्याबारे गाउँपालिकामा कुरा उठाए पनि कसैले वास्ता नगरेको उनको गुनासो छ । ‘लास जलाउन नदी किनारमा गाउँपालिकाले नै एक कट्ठा जमिन किनिदिने कुरा भएको थियो, तर सबै बजेट बाटोमा हाल्छन् र बजेट छैन भन्दै पन्छाउँदै आएका छन्,’ उनले भनिन् ।

ऐलानी जग्गामा स–साना छाप्रा बनाएर बसेका मनियार पर्साई गाउँका सबै मुसहर भूमिहीन छन् । पहिले गाउँ नजिकैको ‘मुक्ति पोखरी’ को डिलमा शव जलाउने र शेषलाई त्यहीं खानो खाल्डोमा पुर्ने गर्थे । ऐलानी जग्गाको पोखरी अर्कै व्यक्तिले आफ्नो नाममा सारेपछि मुसहर समुदाय चिहानसमेत नपाउने अवस्थामा पुगेका हुन् । त्यसबाट पनि विस्थापित हुन पुगेको बताउँछन् ।

महादेवा गाउँपालिकाकै बलिया टोलका खत्वे जातिले पनि त्यस्तै समस्या भोगिरहेका छन् । मनियार पर्साईबाट कोशी नदी करिब १५ किलोमिटर दूरीमा पर्छ, त्यसभन्दा नजिकै करिब ६ किलोमिटर दूरीमा खाँडो नदी छ । ती नदी किनारमा शव पुर्‍याउनका लागि ट्र्याक्टर भाडामा लिन सक्ने हैसियत उनीहरूको छैन । चमार, मुसहर, डोम, दुसाध, धोबी, हलखोर, चिडिमार, खत्वे, बाँतर जस्ता मधेशी दलित अर्थ–सामाजिक, अर्थ–राजनीतिक संरचनाको पिँधमा छन् । तीमध्ये सबैभन्दा ठूलो संख्यामा मुसहर र चमार जाति छन् । नेपालमा कुल जनसंख्याको करिब १३ प्रतिशत दलित छन् भने मधेश प्रदेशमा दलित करिब १८ प्रतिशत (साढे ८ लाख) छन् । मधेशका ८ जिल्लामध्ये सबैभन्दा बढी दलित सप्तरीमा छन्, जहाँ कुल जनसंख्याको एक चौथाइ दलित समुदायले ओगटेको छ ।

महादेवाको मनियार पर्साई टोलमा मुसहर समुदायका करिब डेढ सय परिवारको बसोबास छ । उनीहरूमध्ये अधिकांशसँग नागरिकता छैन, जग्गाको स्वामित्व छैन । स्वास्थ्य र शिक्षा जस्ता आधुनिक समाजका न्यूनतम सेवामा उनीहरूको पहुँच छैन । खानेपानीको अभाव छ । यतिबेला यहाँ आफन्तको मृत्युपछि पनि उनीहरूलाई शान्तिपूर्वक बिदाइ गर्न नपाउने नयाँ समस्या थपिएको छ । महादेवा गाउँपालिका अध्यक्ष सुनीलकुमार मण्डल आफूलाई उक्त समस्याबारे जानकारी नै नभएको बताउँछन् । ‘हामीकहाँ कसैले पनि त्यो समस्या ल्याइपुर्‍याएको छैन,’ उनले भने, ‘म अध्यक्ष हुनुअघिदेखि नै समाजसेवामा सक्रिय व्यक्ति हुँ, जानकारी भएको भए पहिल्यै समाधानको पहल गरिसक्थें । वडाध्यक्षले पनि कहिल्यै त्यो समस्या ल्याएनन्, म उनलाई बुझ्छु ।’

सप्तरी सिनो बहिष्कार आन्दोलन सुरुआत गर्ने जिल्ला हो । सप्तरीमा दलित अगुवाहरूले सिनो नखाने र त्यसलाई फाल्नका लागि उचित ज्याला व्यवस्था हुनुपर्ने माग राखेर २००९ सालमै आन्दोलनको सुरुआत गरेका थिए । त्यही जगमा सामाजिक न्यायका लागि बढ्दो चेतनाले विस्तारित रूप लिँदै जाँदा मधेशका पूर्वी जिल्लाहरूमा मन्दिर प्रवेश आन्दोलन, सहभोज आन्दोलन, भूमिअधिकार आन्दोलन, ज्यालादारी आन्दोलन, गमकमैया प्रथा (दसैंतिहार, बिहे तथा अन्य चाडपर्वमा गाउँमा अनिवार्य रूपमा ढोल बजाउनुपर्ने) बहिष्कार, छुवाछूतविरुद्धको संघर्ष, सुँडेनीका रूपमा काम नगर्नेजस्ता आन्दोलन भएका थिए । यस्ता आन्दोलनले नेपालको समग्र दलित आन्दोलनकै महत्त्व बोकेको छ । यस्ता आन्दोलन गरेका मधेशी दलितहरू आधुनिक समाजका न्यूनतम आवश्यकताबाट अझै वञ्चित भइरहेका बेला मृतकले चिहानसमेत पाउन नसक्ने अवस्थाबाट गुज्रिन पुगेका छन् ।

महादेवा गाउँपालिका प्रतिनिधिसभाका लागि सप्तरी–२ निर्वाचन क्षेत्रअन्तर्गत पर्छ । त्यहाँबाट जनमत पार्टीका अध्यक्ष सीके राउत विजयी भएका छन् । प्रदेशसभाका दुवै क्षेत्रमा सोही पार्टीका उम्मेदवारले जितेका छन् । राउत तिनै नेता हुन्, जसले निर्वाचनपूर्व आफ्ना अधिकांश गतिविधि निर्वाचन क्षेत्रका विपन्न र दलित बस्तीमा केन्द्रित गरेका थिए । त्यसैको बलमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई हराएका थिए । आफ्नै निर्वाचन क्षेत्रका मुसहरहरूले चिहानसमेत नपाउँदा उनले के पहल गरिरहेका छन् त ? ‘हामी निर्वाचनपछि पनि गाउँगाउँ गएर जनताका समस्या संकलन गरिरहेका छौं, महादेवाका मुसहरले लास जलाउनसमेत नपाएको समस्या हामीलाई अवगत छ,’ उनले भने, ‘त्यसका लागि हामीले पहल गरिरहेका छौं । अन्य समस्यालाई पनि स्थानीय तह, प्रदेश वा संघीय सरकारमध्ये कसको क्षेत्राधिकारमा पर्छ, छुट्याएर क्रमशः समाधान गर्ने योजना बनाएका छौं ।’

Tags: प्रदेश २ खबर

Discussion about this post

Related Posts

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

धनुषा–१ का रास्वपा उम्मेदवार किशोरी साहकाे उम्मेदवारी खारेज

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

जनकपुरधाम जेसीजले गर्‍यो अन्तरगृह परिक्रमामा सहभागी तिर्थालुहरुलाई नि : शुल्क स्वास्थ्य शिविर र खाद्यान्न सामाग्री वितरण

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

स्वस्तिक हेल्थ केयर हस्पिटलद्वारा रक्तदान कार्यक्रम सम्पन्न, २६ जनाद्वारा रक्तदान

सप्तरीको कदमहामा रोकिराखेको ट्यांकरमा ट्रकले पछाडिबाट ठक्कर दिँदा एक बालिकाको ज्यान गयो तीन जना घाइते

सिरहामा बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मृत्यु, एकजना गम्भीर घाइते

पर्सामा एक हजार ९० अस्थायी मतदाता

पर्सामा एक हजार ९० अस्थायी मतदाता

मिथिला माध्यमिकी परिक्रमाको टोली आज मडैमा

नेपाल–भारतको सांस्कृतिक एवम् पारम्परिक सद्भावका प्रतीक ‘परिक्रमा’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेस प्रदेशको सभामुख रामअशिष यादव भए यस वर्षको ‘महामुर्ख’

मधेशमा सुरक्षा व्यवस्था कडा

मधेशमा सुरक्षा व्यवस्था कडा

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

मिथिला मध्यमा परिक्रमाः सांस्कृतिक सम्बन्धको निरन्तरता

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

इरानी सर्वोच्च नेता खामेनीको निधनको पुष्टि, ४० दिनको शोक घोषणा

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!