माघ १४ गते। सिरहामा १४ वर्षीया किशोरीलाई सामूहिक बला त्कार गरिएको छ। बला त्कारमा संलग्न आरोपमा प्रहरीले एक युवकलाई प क्राउ गरेको छ भने अर्का युवक फ रार भएका छन्।
सिरहा नगरपालिका – २२ की किशोरीलाई बला त्कार गरेको आरोपमा सोही ठाउँका २४ वर्षीय सन्तोष यादव प क्राउ परेका हुन्।
बला त्कारमा संलग्न सोही ठाउँका २३ वर्षीय सरोज कुमार यादव भने फ रार भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।
प्रहरीका अनुसार केही दिनअघि उनीहरुले किशोरीको घरमै गएर जबर जस्ती क रणी गरेका थिए।
करणीपछि फ रार सन्तोषलाई जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले प क्राउ गरेको प्रहरी निरीक्षक शंकर चौधरीले जानकारी दिए।
किशोरीका अभिभावकले दुवै युवकविरुद्ध किटानी जाहेरी दिएका छन्। फ रार सरोजको खोजी भइरहेको प्रहरीले जनाएको छ।




















Discussion about this post