nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

धनुषाका मूर्तिकारलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

सजिलो पोस्ट सजिलो पोस्ट
पुस २९, २०७९, ८:०४ मध्यान्ह
धनुषाका मूर्तिकारलाई सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ

पुस २९ गते। धनुषाका मूर्तिकारलाई यतिबेला विद्याकी देवी सरस्वतीको प्रतिमा बनाउन भ्याइनभ्याइ छ ।

आगामी माघ १२ गते हुने सरस्वती पूजाको दिन नजिकिँदै जाँदा विगत वर्षमा झै उनीहरु सरस्वतीको प्रतिमा बनाउन ब्यस्त छन् ।

जिल्लाका विभिन्न ठाउँमा मङ्सिरदेखि नै सरस्वतीको प्रतिमा बनाउने काम धमाधम चलिरहेको छ । जनकपुरधाम उपमहानगरपालिका–१२ कुवाका ५३ वर्षीय चन्द्रदेव पण्डितले आगामी माघ १० गतेसम्म २२ प्रतिमा बनाइसक्ने गरी आफूले मङ्सिर २० देखि नै काम सुरु गरेको बताउनुभयो । “गत वर्ष ३५ मूर्ति बनाएको थिएँ”, उहाँले भन्नुभयो, “माघ १० गतेसम्म सबै मूर्ति बेचिसक्नुपर्नेछ ।” उनन्तीस वर्षदेखि मूर्ति बनाउँदै आउनुभएका पण्डितले यो वर्ष मूर्ति बेचेर करिब रु ५० हजार कमाउने लक्ष्य राख्नुभएको छ ।

जनकपुरधाम–१५ का ३६ वर्षीय पञ्चा पण्डितले पनि माघ १० नकट्दै १५ प्रतिमा बनाइसक्ने गरी काम भइरहेको बताउनुभयो । त्यसैगरी जनकपुरधाम–१९ का २३ वर्षीय राजाराम मण्डललाई पनि यतिबेला मूर्ति बनाउने चटारो छ । उहाँले यो वर्षको सरस्वती पूजामा २० प्रतिमा बेचेर रु ५० हजारसम्म कमाउने लक्ष्य राख्नुभएको छ । चन्द्रदेव, पञ्चा र राजारामले जस्तै धनुषाको क्षिरेश्वरनाथ नगरपालिका, धनुषाधाम, सबैला र तीनकौरियाका विभिन्न ठाउँमा मूर्तिकार सरस्वतीका कलात्मक प्रतिमा बनाउन जुटिरहनुभएको छ ।

सरस्वती पूजामा मूर्तिको प्रयोग हुने भएकाले त्यसलाई सहज बनाउने र अर्थोपार्जन गर्ने उद्देश्यले आफूहरू माटोबाट सरस्वती माताका कलात्मक प्रतिमा बनाउन थालेको राजाराम मण्डलले बताउनुभयो । उहाँले छ वर्षदेखि हरेक सरस्वती पूजाको समयमा यस्तै काम गर्ने गरेको बताउनुभयो । “यसरी माटोबाट बनेका सरस्वतीका कलात्मक मूर्ति बेचेर केही पैसा कमाउँछौँ”, मण्डलले भन्नुभयो, “केही समयका लागि भए पनि मूर्ति बेचेर विद्यालय जाने सन्तान र परिवारको गर्जो टार्नुपर्छ ।”

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिका–१८ का ३५ वर्षीय विजय मण्डलले आफूहरूले सिजनअनुसार मूर्ति बनाउने गरेको बताउनुभयो । उहाँले खेतीको समयबाहेक हरेक पर्व र सिजनअनुसार मूर्ति बनाएर बेच्ने गरेको र यसले अर्थोपार्जनमा सघाउ पुगेको धारणा राख्नुभयो । “जागिर छैन, सधैँ काम हुँदैन”, मण्डलले भन्नुभयो, “आफूसँग भएको सीपको सदुपयोग गर्दै सरस्वती पूजा, दीपावली र अरु समयमा प्रयोग हुने प्रतिमा बनाएर केही भए पनि अर्थोपार्जन भइरहेको छ । यसले खर्च चलाउन राहत भएको छ ।”

जिल्लाका विभिन्न ठाउँमा रहेका क्याम्पस, विद्यालय र शैक्षिक प्रतिष्ठानमा सरस्वतीको मूर्ति राखेर सरस्वती पूजाआराधना गर्ने चलन छ । त्यसलाई लक्षित गरी यहाँका मूर्तिकार माटोका कलात्मक मूर्ति बनाउन व्यस्त हुनुहुन्छ । तीनदेखि पाँच दिनमा एउटा प्रतिमा बनाउन समय लाग्ने र रु पाँच सयदेखि रु १० हजारसम्ममा बिक्री हुने उनीहरु बताउँछन् । रासस

Tags: धनुषा खबरमधेस प्रदेश खबर

Discussion about this post

Related Posts

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

मधेश प्रदेशमा भने वर्तमान सत्ता गठबन्धन यथावत रहने

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

युवालाई अवसर दिए समाज र राष्ट्र परिवर्तन सम्भव : मोहम्मद नइम राईन

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

कर्णालीका मुख्यमन्त्री कडेँलबिरूद्द अविश्वासको प्रस्ताव दर्ता

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

७ दिनभित्र अनुदान भुक्तानी प्रक्रिया अघि बढाउने सहमति

सर्वोच्चद्वारा पूर्वसांसद कोइरी प्रकरणमा सरकारलाई ‘शो कज’

एमाले सांसद कोइरीलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकका ८ निर्णय सार्वजनिक

मिटरब्याज समस्या समाधानका लागि वार्ता टोली गठन

धनुषामा चट्याङ लागेर एक जनाको मृत्यु

पर्सामा चट्याङ पर्दा सात जना घाइते

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

कोशीमा पनि एमाले कांग्रेस बिबाद, कांग्रेसले एमाले सरकारलाई साथ नदिने

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

७ करोड अनुदान संकटमा परेपछि रौतहटका उखु किसान सडकमा, प्रशासन घेराउको चेतावनी

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

बुल्गेरिया युक्रेन समर्थक गठबन्धनबाट भयो अलग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!