nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मधेस प्रदेश : करेन्ट लगाएर श्रीमतीको ह त्या, दुर्घटना देखाउन गाडीले किचियो

सजिलो पोस्ट सजिलो पोस्ट
पुस ७, २०७९, १२:३९ मध्यान्ह
मधेस प्रदेश : करेन्ट लगाएर श्रीमतीको ह त्या, दुर्घटना देखाउन गाडीले किचियो

पुस ७ गते । पर्सा प्रहरीले महिलाको ह त्या गरेको आरोपमा श्रीमान र देवरलाई प क्राउ गरेका छन् ।

बुधबार बिहान साढे ५ बजे वीरगन्ज महानगरपालिका–२७ जसौलीस्थित सडकमा एक महिला मृ त फेला परेकी थिइन् । उनी सोही ठाउँकी ३० वर्षीया रिंकु कुमारी थिइन् ।

हत्या आरोपमा मृतक रिंकुका ३४ वर्षीय श्रीमान कुशल दास र देवर २८ वर्षीय भरतलाई प क्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दीपक गिरीले जानकारी दिए ।

प क्राउ परेका दाजुभाइ कुशल र भरत दुवै जनामाथि कर्तव्य ज्यान मुद्दामा अनुसन्धान जारी रहेको प्रहरीले कार्यालयले जनाएको छ।

प्रहरीले बिहान सडकमा एक महिला लडिरहेको भन्ने खबर पाएको थियो । खबरपछि अस्थायी प्रहरी पोष्ट उदयपुर घुर्मीबाट टोली खटाएर घटनास्थल सुरक्षित राखिएको थियो । वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक डिल्लीराज सापकोटा र जिल्ला प्रहरी कार्यालय पर्साबाट प्रहरी निरीक्षक मनोजकुमार यादवको टोली पनि घटनास्थलमा पुगेको थियो।

रिंकुकुमारी घरअगाडिकै कच्ची बाटोको किनारमा मृत फेला परेकी थिइन् । टाउको किचिएको अवस्थामा शव फेला परेको थियो । त्यसरी श व फेला परेको भन्ने जानकारी जनप्रतिनिधिले प्रहरीलाई दिएका थिए ।

‘त्यहाँ हामीलाई जनप्रतिनिधिले जानकारी दिएका थिए । त्यसपछि टोली खटाएका थियौं,’ डिएसपी गिरीले भने ।

सुरूमा घटनास्थल हेर्दा रिंकुलाई गाडीले किचेको जस्तो देखिन्थ्यो । धेरै गाडी नगुड्ने भित्री सडकमा कसले ठक्कर दिएर गयो होला भन्नेबारे पनि चासो प्रहरीको थियो ।

उनका श्रीमान कुशललाई सोधपुछ गर्दा पनि गाडीले नै ठक्कर दिएको भन्ने बताइरहेका थिए । तर प्रहरीले श व हेर्दा हातमा करेन्ट लागेको पनि देखेको डिएसपी गिरीले बताए ।

‘बायाँ हत्केलामा करेन्ट लागेर पोलेको दाग देखियो । रिंकुको घरको कोठाभित्र पसेर हेर्दा पनि तारहरू देख्यौं जसलाई नयाँ टेपले टालेको पनि देखियो । पुरानो तारको टेप निकालेर छेवैमा राखेको पनि भेटियो । प्लास्टिकको पन्जा पनि देख्यौं’, उनले भने, ‘शव त शंकास्पद थियो नै । कोठाभित्र पनि यस्तो देखेपछि श्रीमानसँग सोधपुछ गर्न थाल्यौं ।’

यी प्रमाणहरू पेस गरी सोधपुछ गर्दा भने उनले हत्या गरेको स्वीकार गरेका डिएसपी गिरीले बताए ।

उनका अनुसार कुशलले आफ्नै कोठामा श्रीमती रिंकुलाई करेन्ट लगाएर हत्या गरेका हुन् । यसरी हत्या गर्नेबारे उनले पूर्वयोजना बनाएको समेत प्रारम्भिक अनुसन्धानबाट देखिएको छ ।

कुशलले रिंकु परपुरूषसँग लागेको भन्ने शंका गर्थे । त्यही शंकाले उनीहरूबीचको सम्बन्ध बिग्रिएको देखिएको छ । उनीहरू घरमा पनि अलग अलग बस्थे । मंगलबार मध्यराति भने रिंकुलाई आफू भएको ठाउँमा बोलाएर कुशलले ह त्या गरेका हुन् ।

हत्यापछि उनले उक्त श वलाई यत्तिकै राखेनन् । श व व्यवस्थापन गर्न र आफू हत्याबाट जोगिन भाइ भरतको सहयोग मागे । दाजुभाइ दुवै जना सवारी चालक हुन् । कुशल ठूला सवारीसाधन चलाउँछन् भने भाइ कुखुरा बोक्ने सानो गाडी चलाउँछन् ।

उनीहरूले सर-सल्लाह गरी भरतले चलाउने ना.३ च ६२४७ नम्बरको कुखुराको चल्ला बोक्ने गाडी ल्याएर श व सडकमा निकाली गाडीले टाउकोमा किचेको डिएसपी गिरीले बताए ।

त्यसपछि गाडी वीरगन्ज-१७ अलौस्थित शिवम ह्याचरीभित्र लुकाएर राखेका थिए ।

‘यसरी हत्यापछि पनि गाडीले किच्दा आफूहरू बचिन्छ कि भन्ने सोचेछन् । गाडी पनि फेला पर्दैन । कसले हिर्काएको पनि थाहा नहुने भन्ने बुझेर हत्यापछि किचेको देखियो’, डिएसपी गिरीले भने ।

श वको पोस्टमर्टम गर्न नारायणी अस्पताल वीरगन्जमा पठाइएको छ । यता, प्रहरीले यस घटनामा थप अनुसन्धान अघि बढाएको छ ।

Tags: पर्सा खबर

Discussion about this post

Related Posts

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

धनुषामा १३७ केजी गाँजासहित दुई जना पक्राउ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

समाज र परिवारबाटै नैतिक शिक्षाको शुरुवात आवश्यक : प्रदेश प्रमुख लाभ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

दुईदिने बिदालाई कार्यान्वयन गराउन शिक्षक महासङ्घ दृढ

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

उखुको जुस बेच्दै आत्मनिर्भर बन्दै युवा

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

दृष्टि गुमाएकाहरूको दृष्टि फर्काउँदै लहान नगरपालिका

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

जीवन विकास लघुवित्तको शाखा कार्यालय ढल्केवरको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

कमला नदी पुल नजिक अस्थायी बाँध बग्दा आवतजावत अवरुद्ध, दीर्घकालीन समाधान खोजिँदै

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

दिल्लीमा ‘मलंगिया महोत्सव’, एउटै नाटककारका ३५ कृति मञ्चन गर्दै विश्व कीर्तिमान

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको विकास यात्रा अब देशकै सिकाइ केन्द्र बन्दै

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

मौलापुरको जनमुखी कार्यक्रमको भुक्तानी रोकिएकोमा मेयर रिना साह असन्तुष्ट

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!