nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा र धनुषा जोड्ने कमला नदीमा भूत मेला (हेर्नुहोस भिडियो सहित)

सजिलो पोस्ट सजिलो पोस्ट
कार्तिक २२, २०७९, ९:१९ मध्यान्ह
सिरहा र धनुषा जोड्ने कमला नदीमा भूत मेला (हेर्नुहोस भिडियो सहित)

कार्तिक २२ गते । आज कमला नदीमा भूत मेला लागेको छ । सिरहा र धनुषाको सिमानामा पर्ने कमला नदीमा एकाबिहानैदेखि स्नान गर्ने श्रद्धालुहरूको घुइँचो लागेको हो ।

घरबाट हिजो साँझ धामी झाँक्रीसहित हिँडेका गाउँवासीहरू कमलाको उतराहिनी स्थान, सारश्वर, चिकना, बनिनिया, बसपिट्टा, बरेरबा, फूलबरिया, इनर्वालगायतका घाट पुगेका छन् ।

कात्तिक पूर्णिमाममा कमलामा स्नान गर्नाले भूतबैताल भाग्ने र धामी झाक्रीले तान्त्रिक सिद्धि प्राप्त गर्ने जनविश्वास रहेको छ ।बर्सेनि धामी झाँक्रीहरुले भूत र घरको कुल देवता खेल्दै कमला नदीमा पुगेर स्नान गर्ने चलन सदियौंदेखि रहिआएको छ । त्यसैले यसलाई भूत मेला भन्ने गरिन्छ ।

आजका दिन नयाँ-नयाँ धामी झाँक्री कमला स्नान गरेपछि तन्त्र विद्यामा निपुन हुने मान्यता छ । भूत मेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदीको शुद्ध पानी आ-आफ्नो घर लैजाने गर्छन् । उक्त पानी पूजाअर्चना अथवा सुद्धि गर्न गंगाजल जस्तै पवित्र मानिन्छ ।

‘पापकी छय, धर्मकी जय, हई भगतकाली राघो बन्नी…’ यस्तै यस्तै आ-आफना इष्ट देवताकोको नाम फलाक्दै धामीझाँक्री मिर्दङ (मादल), झ्याली, ढोल पिपही जस्ता बाजाको तालमा कमला नदीमा शपथ ग्रहण गर्न पुग्ने गरेका छन्।

कमला नदीको किनारमा प्रत्येक वर्ष आजकै दिन अर्थात कात्तिक पूर्णिमामा अनाौंठो भूतमेला लाग्ने गर्छ। धनुषासहित सिरहा, सप्तरी, महोत्तरी, उदयपुर र सीमावर्ती भारतको मधुवनी, दरभङ्गा, समस्तीपुर, जयनगर लगायतका स्थानबाट ठूलो सङ्ख्यामा सर्वसाधारण स्नान गर्न आउने गर्दछन्। कमला नदीमा स्नान गरेपछि धामीझाँक्री बन्ने विश्वासका साथ देउता खेल्दै स्नानका लागि गाउँगाउँबाट आज बिहानैदेखि कमला नदीको तटमा पुगेका छन्। 

नदीमा स्नान गरिए कमलेश्वरी देवीले तान्त्रिक विद्याको बर दिने तथा योग पाको हुने जनविश्वासले स्नान गर्नेको सङ्ख्या बढ्दै गएको गणेशमान चारनाथ नगरपालिकाको गोदारका भोला साह बताउछन्। भूतमेलामा स्नान गरेपछि घर आउने बेलामा भक्तजनले कमला नदी र गङ्गासागरको शुद्ध पानी आआफ्नो घर लैजाने गर्छन्। मूलधामीले मन्त्र सिद्धी गरिदिएपछि धामी बन्ने प्रक्रिया पूरा हुन्छ। तन्त्रशास्त्रका अनुसार तन्त्रसिद्धीका लागि यस दिन पूर्णाहुती दिने चलन रहेको क्षीरेश्वरनाथ नगरपालिका-५ महेन्द्रनगरका ७८ वर्षीय धामी रामसागर ठाकुरले बताए।

उनले भने ,’मिथिलाञ्चलमा सदियौँदेखि तन्त्रविधामा सर्वसाधारणको विश्वास रहेको छ। पहेँलो धोती र सारीमा सजिएका नयाँ सिकारु धामीझाँक्री हातमा बलेको आगोसहितको माटोको ढकना (भाँडा) र बेतको लाठी घुमाउँदै चर्को स्वरमा चिच्याइरहन्छन्। उनीहरु आफूमा आएको देउतालाई सिद्ध गर्न गङ्गास्नान गर्न आएका बताउँछन्।’

धामीझाँक्री मादल, करताल, झाइल र ढोल पिपहीको सुर र तालबिच यिनीहरुको कर्कश स्वरले भय उत्पन्न हुने खालको वातावरण देखिन्छ। स्नानको समयमा मूलधामीले लोक भाकामा गीतसमेत गाउने गर्छन्। जसलाई स्थानीय भाषामा ‘महराइ’ भन्ने गरिएको छ। आफ्नो गाउँमा धामीलाई डोहोर्‍याएर कमला र गङ्गासागर स्नान गर्न ल्याएका वटेश्वर गाउँपालिका ५ शान्तिपुरका धामी रामसोगारथ महतोले शरीरमा देउता चढ्नेलाई यहाँ ल्याउने गरिएको बताउँछन्।

तराई-मधेशमा मन्त्र सिकाइने धामीलाई ‘भगता’ भन्ने गरिन्छ। पवित्र नदीमा प्रथम स्नान गर्ने धामीझाँक्रीसँग आशिष थाप्ने श्रद्धालुको सङ्ख्या पनि उल्लेखनीय रहेको छ।

हेर्नुहोस भिडियो

https://m.youtube.com/watch?v=uNnAI1f-Jl0&feature=emb_title
Tags: धर्म संस्कृतिपुर्णिमामधेस प्रदेश खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि