nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

सिरहा : व्यथाले च्यापेकी बुहारीलाई बर्थिङ्ग सेन्टरबाहिर एक घण्टा कुराएपछि जवाफ आयो, ‘बाहिर लैजान भन्देऊ‍’

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज २१, २०७९, ११:०३ मध्यान्ह
सिरहा : व्यथाले च्यापेकी बुहारीलाई बर्थिङ्ग सेन्टरबाहिर एक घण्टा कुराएपछि जवाफ आयो, ‘बाहिर लैजान भन्देऊ‍’

सिरहा/असोज २० गते । बुधबार दशैंको टीकाको दिन विहान ९ बजे नै संजिरा साहलाई प्रसव वेदनाले छोप्यो।

सुरक्षित प्रसूतिका लागि सासु अनोधैन साहले बुहारी संजिरालाई गोलबजार स्वास्थ्य चौकी परिसरमा रहेको बर्थिङ्ग सेन्टरमा पुर्‍याइन्। नातिनातिना पुस्ताको सुरक्षित आगमनका लागि सासु अनोधैन व्यग्र थिइन्। तर, दुर्भाग्य गोलबजारको बर्थिङ्ग सेन्टरको ढोका बन्द थियो।

अनौधैनले बर्थिङ्ग सेन्टरको ढोका ढकढकाइन्। ढोका खुल्यो तर स्वास्थ्यकर्मी भेटिएनन्। बरु ढोका खोल्ने सरसफाई कर्मचारीले ‘फोन गरेर बोलाउँछु’ भन्दै पर्खन आग्रह गरिन्।

महिला सरसफाई कर्मचारीले तीन जना स्वास्थ्यकर्मीलाई पालो–पालो फोन गरिन्। तर, प्रसूति सेवा दिने स्वास्थ्यकर्मी कोही पनि बर्थिङ्ग सेन्टरमा आउन तयार भएनन्। एकले अर्कोलाई बोलाउने भने, कोही आएनन्।

यता संजिरा प्रसव पीडाले छटपटाइ रहेकी थिइन्। उनको आइयाआथ्थो चिच्याहटमा परिणत हुँदै थियो। सासु अनोधैन स्वास्थ्यकर्मी बोलाइदेउ भन्दै हारगुहर गरिरहेकी थिइन्। सरसफाई कर्मचारीले स्वास्थ्यकर्मीलाई पुनः एक पटक फोन गरिन्। स्वास्थ्य अवस्था नाजुक भएको जानकारी गराउँदा उताबाट जवाफ आायो, ‘बाहिर लैजान भन्देऊ।’

एक घण्टापछि अनोधैनले एम्बुलेन्स बोलाइन् र बुहारी संजिरालाई लहान अस्पतालतर्फ कुदाइन्। अस्पतालमा सुरक्षित रूपले बच्चा जन्माइन्। तर, अनोधैनले स्वास्थ्यकर्मीको गाली खाइन्।

उनले भनिन्, ‘ईश्वरलाई लाख–लाख धन्यवाद, लहानका स्वास्थ्यकर्मीको सहयोगमा बुहारीले सुरक्षित रूपमा बच्चा जन्माइन्, ढिलो गरी लगेकोमा मलाई हप्काए पनि। अझै ढिलो भएको भए अनिष्ट हुन सक्थ्यो।’

अनोधैन साहले स्वास्थ्यकर्मी राखेर बर्थिङ्ग सेन्टर सञ्चालन गरेर गोलबजार नगरपालिकाले जनताको आँखामा छारो हालेको आरोप लगाइन्। आवश्यक परेको बेलामा काम नपरेपछि उनले बर्थिङ्ग सेन्टरको चौचित्यमाथि नै प्रश्न उठाइन्।

‘नगरपालिकाले जनताको आँखामा छारो हाल्यो,’ उनले भने, ‘मातृ शिशुको ज्यानसँग खेलबाड गरेको छ, यो अक्षम्य अपराध हो।’

घटनाबारे गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोजकुमार कर्णसँग जिज्ञाशा राख्दा उनले भने कर्मचारीलाई कारबाही हुने बताए।

‘बर्थिङ्ग सेन्टर बन्द हुनु र स्वास्थ्यकर्मी नहुनु गम्भीर लापरबाही हो,’ उनले भने, ‘दोषी कर्मचारी उपर दशैं बिदापछि कारबाही गरिनेछ।’

प्रसव वेदना महिलाहरूको लागि विशेष अवस्था हो। आमालाई सुरक्षित राखेर शिशुको जन्म गराउन सकियो भने हर्षोल्लास हुन्छ अन्यथा परिवार, समाज र राज्यका लागि पनि असह्य पीडाको विषय बन्छ।

मातृ शिशु मृ त्युदर घटाउन राज्यले पनि हरेक यत्न गरिरहेको छ। त्यसकारण प्रसूति गराउन स्वास्थ्य संस्थामै लैजानू भनेर जनचेतना फैलाइन्छ।

Tags: मधेस प्रदेश खबरसिरहा खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि