nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

सजिलो पोस्ट सजिलो पोस्ट
अशोज १५, २०७९, १०:२४ बिहान
मिथिलाञ्चलमा झिझिया नृत्यको रौनक

असोज १५ गते । वडादसैँको आगमनसँगै महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सर्लाही, रौतहट, बारा पर्साको तराई–मधेसका सम्पूर्ण जिल्ला तथा भारतको सीतामढी र मधुवनी जिल्लासहित सम्पूर्ण मिथिलाञ्चलमा झिझिया नृत्य सुरु भएको छ ।

सुख, समृद्धि र पारिवारिक सुरक्षाको लोक अनुष्ठानका रुपमा झिझिया नृत्य महोत्तरीलगायत मिथिलाञ्चलभरि सुरु भएको छ । यस नृत्यमा पूर्णरुपमा तान्त्रिक विधिअनुसार घटस्थापनादेखि दशमीसम्म देवी दुर्गा स्तुतिको लोक परम्परामा आधारित लोकनृत्य प्रस्तुत गरिन्छ । झिझियाको उद्देश्य समाजमा रहेका बोक्सीबाट आफ्ना सन्तानको सुरक्षा गर्नु रहेको छ ।

झिझियाको बनावट र स्वरुपभित्र जादू टुनामुना बोक्सी आदिको प्रभावलाई कम गर्न अनुष्ठान प्रारम्भ गरिएको मानिन्छ । बलिरहेको दियो भएको असङ्ख्य प्वाल पारिएको घैँटो टाउकामा राखी नृत्य गर्ने गरिन्छ ।

समाजमा प्रचलित आम विश्वासअनुसार गाउँकी बोक्सी महिला जादू मन्त्र सिकेर त्यसको सिद्धिका लागि गाउँका जन्मजात, बालबालिकालाई कुनै कारणीद्वारा मारेर मसानमा त्यही मरेको बच्चालाई ज्यूँदो पारी नाङ्गै नृत्य गर्छ ।

विजया दशमीका अवसरमा यस्ता घटनामा वृद्धि हुन थालेपछि महिला नै एउटा धार्मिक, सांस्कृतिक अनुष्ठानको सुरुआत गरी भगवती दुर्गाको स्तुति र गुण प्रहार गर्न बोक्सीको प्रहार शक्तिलाई निस्तेज पार्न झिझिया लोक नृत्यको प्रारम्भ गरे, जो आजसम्म चलिरहेको छ । आफ्ना शाखा सन्तान, परिवारको सुस्वास्थ्य र दीर्घजीवनको कामना यस नृत्यको पृष्ठभूमिमा रहेको छ । झिझिया लोक नृत्यको अर्को उद्देश्य दशमीका बेला माता दुर्गालाई स्तुति गर्नु पनि रहेको छ ।

झिझिया लोकनृत्य सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा क्षेत्रलगायत भारतीय क्षेत्र बेनीपट्टि, मधुवनी, जयनगर, सीतामढी, सहरसा आदि क्षेत्रमा पनि प्रस्तुत गरिन्छ । झिझियामा प्रयोग हुने घैँटोमा गरिएका असङ्ख्य प्वाल र त्यसलाई टाउकामा राखेर नृत्य गर्ने महिलाद्वारा टाउकाको दायाँबायाँ हल्लाइरहने प्रवृत्तिले यसको नीहित विशेष अर्थलाई सङ्केत गर्छ । महिलाको टाउकामा राखिएको घैँटोको प्वाल कुनै बोक्सीले गन्यो भने त्यो नाच्ने महिला ठहरै हुन्छ भन्ने जनविश्वास रहेको छ ।

यसमा देवी स्तुति गरिएको र बोक्सीलाई गाली गरिएको गीत प्रस्तुत गरिने चलन रहेको छ । यसमा पाँचदेखि २५ महिलाको टोली हुन्छ । त्यसमध्ये एक वा दुई जनाको टाउकोमा घैँटो राखिएको हुन्छ ।

एक विशेष ताल र आरोहअवरोहमा गाइने गीतको बोलसँगै टाउकामा घैँटो राख्ने महिला चारैतिर फन्को मार्दै दुवै हातले गीतको भाउ र लयमा ताली बजाउँदै जाँदा अदूत वातावरणको निर्माण हुन्छ र महिला यस लोक अनुष्ठानमा सुर बिर्सेर तल्लीन भइरहेका हुन्छन् । नृत्यसँगै गाइने गीतमा बोक्सीलाई गाली गरिएको हुन्छ, बोक्सीलाई गाली गरियो भने त्यसको मारक क्षमता कमजोर हुन्छ र बालबच्चाको सुरक्षा हुन्छ भन्ने जनविश्वास पनि रहेको छ । झिझिया नृत्यमा बोक्सीलाई गाली मात्र गरिँदैन उसलाई यसरी धम्क्याउने काम पनि गरिन्छ ।

मिथिलामा झिझिया नृत्यको आफ्नै मौलिकता, पहिचान र इतिहास छ । गाग्रीमाथि धधकिरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा साहस र कलाको अलौकिक प्रदर्शन हो झिझिया नृत्य । समाज रुपान्तरणका क्रममा रहेको समयमा यो लोकनृत्य आज पनि गाउँघरमा मात्रै नभई सहरमा समेत प्रचलनमा छ र यसलाई निरन्तरता दिइँदैछ ।

बास्तवमा नृत्य प्रदर्शन गर्ने कला पनि हेर्ने योग्य हुन्छ । चार÷पाँच वर्षका बालबालिकादेखि लिएर तरुणी र अधबैंसेसम्म यस नृत्यमा सहभागी हुने गर्छन् । टाउकोमाथि राखिएको घैँटो र त्यसमाथि उज्यालो दिइरहेको आगोको डल्ला लिएर नृत्य गर्नु आफैँमा एउटा ठूलो कलाको प्रदर्शन गर्नु हो । खासगरी यसरी नृत्य गर्दा बोक्सीको शक्ति क्षीण हुन्छ भन्ने जनविश्वास छ । नृत्यका बेलामा बोक्सीलाई सक्दो गाली गरिन्छ ।

बोक्सीलाई आधार मानेर यस संस्कृतिलाई निरन्तरता दिनु अन्धविश्वासबाहेक अरु केही मान्न नसकिने भन्नेको पनि कमी छैन । झिझिया नृत्यमा प्रदर्शन गरिने कलालाई रुपान्तरित समाजमा परिस्कृत गर्दै अगाडि बढ्दा झिझिया नृत्य अझै लोकप्रिय र समाजले त्यसबाट केही लिनसक्ने कुरा संस्कृतिविद् ध्रुव रायले बताए । रासस

Tags: झिझियादशैधर्म संस्कृति

Discussion about this post

Related Posts

पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’

पृथ्वीराज भन्छन्- ‘करिनासँग काम गर्न पाउनु सबैभन्दा ठूलो खुसी’

सिड्नी स्विनीको ‘अत्यधिक यौनिक’ विज्ञापनप्रति महिला खेलाडीहरूको कडा आपत्ति

सिड्नी स्विनीको ‘अत्यधिक यौनिक’ विज्ञापनप्रति महिला खेलाडीहरूको कडा आपत्ति

काला परेका पित्तलका भाँडा चम्काउने यी हुन् सहज उपाय

काला परेका पित्तलका भाँडा चम्काउने यी हुन् सहज उपाय

आज मङ्गलचौथी, भगवान गणेशजीलाई मनपर्ने तिथी

आज मङ्गलचौथी, भगवान गणेशजीलाई मनपर्ने तिथी

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

मिथिला क्षेत्रमा चौरचन पर्व धुमधामका साथ मनाइयो

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

राजेशमान सिंहले विशेष अदालतबाट पाए सफाइ, निलम्बित मेयर पद फुकुवा

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

असोज ३ गतेदेखि सुरु हुने वडा अधिवेशनमा भाग नलिन शशांक कोइरालाको आग्रह

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

नेपाललाई दैनिक १८ घण्टासम्म बिजुली दिने भारत सरकारको निर्णय

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

मधेशका मुख्यमन्त्री यादव मनिला प्रस्थान, जलवायु सम्मेलनमा सहभागी हुने

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

देउवा समूहले अलग्गै महाधिवेशन गर्ने, गगन थापाको अफर अस्वीकार

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि