nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

मल्लिका शेरावतले किन फिल्म पाउन छोडिन्, उनको जवाफ रोचक छ

सजिलो पोस्ट सजिलो पोस्ट
साउन २२, २०७९, ६:०८ मध्यान्ह
मल्लिका शेरावतले किन फिल्म पाउन छोडिन्, उनको जवाफ रोचक छ

एजेन्सी। आफू ‘सम्झौता’ गर्न तयार नभएका कारण धेरै फिल्म गुमाएको उनी बताउँछिन् । मल्लिकाले आफ्नो परिवारबारे कुरा गर्दै परिवारले उनको फिल्मी करियरलाई फिटिक्कै मन नपराएको र उनले आफ्नो मार्ग आफैँले प्रशस्त गरेको बताएकी छिन् ।

मल्लिका शेरावतका अनुसार उनी यस्तो परिवारकी हुन् जहाँ फिल्ममा काम गर्नेबारे सोच्न पनि सकिँदैन । उनलाई पश्चिमी लुगा लगाउन वा साँझ अबेरसम्म घरबाट बाहिर बस्न पनि उनलाई निषेध गर्ने गरिन्थ्यो ।

उनी भन्छिन्, ‘म हरियाणाको एक परम्परागत परिवारबाट आएको हुँ । मेरा आमाबाबु रूढीवादी सोचका थिए । मैले पश्चिमी लुगा लगाएको उहाँहरुलाई मन पर्दैनथ्यो । उहाँहरुले मलाई मेरा साथीहरुसँग नाइट आउट गर्न छुट दिएको अहिलेसम्म पनि याद छैन । यहाँसम्म कि बेलुकाको खाना बाहिर खान जाने छुटसमेत थिएन । अँध्यारो हुनुअघि मेरो भाइ र मलाई घरमा आइपुग्नु पर्ने दबाब थियो । ’

‘मेरो सपना यस्ता छन्, बुबाले कल्पना पनि गर्न सक्नुभएन’

मल्लिका बाल्यकालदेखि नै अभिनेत्री बन्न चाहन्थिन् तर यसमा उनको परिवारको आपत्ति थियो ।

मल्लिका भन्छिन्, ‘मेरो बुबाले कल्पना पनि गर्न सक्नुहुन्न कि एउटी केटी वा महिलाले यस्तोसम्मको सपना देख्न सक्छिन् । बुवाका अनुसार महिला भनेको घर सम्हाल्ने खालको र कसैको श्रीमती भएर बस्न सक्ने खालको हुनुपर्छ ।’

मल्लिकाका अनुसार उनलाई उनको परिवारका सदस्यले कहिल्यै पनि साथ नदिएको तर अहिले भने उनलाई यसका लागि दुःख नलाग्ने बताउँछिन् ।

आफ्नो बाल्यकालको कथा सुनाउँदै मल्लिकाले बाल्यकालदेखि नै परिवारमा विभेदको सामना गर्नुपरेको बताइन् ।

मल्लिका भन्छिन्, ‘मैले धेरै भेदभाव देखेको छु । हरियाणामा मलाई यस्तो लाग्छ कि पुरुषहरूलाई सबै प्रकारका अधिकार दिइएको छ । उनीहरुले जेसुकै लगाउन्, जता पनि जान सक्छन्, जति पनि पैसा खर्च गर्न सक्छन् । परिवारलाई कुनै पनि आपत्ति छैन । म गलत पनि हुन सक्छु तर मैले आफ्नो अनुभवको आधारमा बोलिरहेको छु ।’

उनी थप्छिन्, ‘मेरी हजुरआमाले मेरो मुखमै भन्नुहुन्थ्या ‘तँ केटी होस्, तेरो केही महत्व छैन । यो केटा हो, यसले त परिवारको नाम बढाउँछ ।’

मलाई लाग्यो कि यो सायद साँचो होला । मेरी आमाले हजुरआमालाई ‘छोरीलाई यस्तो नभन्नु, यो गलत हो’ भनेर कहिल्यै भन्नुभएन ।

प्रवेशका लागि धेरै संघर्ष गर्नुपरेन

मल्लिकाका अनुसार परिवारसँग विद्रोह गरेर घर छोडेपछि बलिउडमा आफ्नो ठाउँ बनाउने भन्ने एउटै मात्र सपना थियो ।

उनलाई प्रारम्भिक काम पाउन खासै गाह्रो भएन । ‘मेरो पहिलो विज्ञापन बच्चन साहेबसँग थियो । शाहरुख खानसँगको दोस्रो विज्ञापन, दुवै विज्ञापन यति लोकप्रिय भए कि मैले भट्ट साहबको मर्डर फिल्ममा अभिनय गर्ने मौका पाएँ ।

‘मर्डर’  सन् २००४ मा रिलिज भएको थियो । यस फिल्ममा मल्लिका शेरावतसँगै इमरान हाशमी मुख्य भूमिकामा थिए ।

कुनै सम्झौता गर्दिनँ

मल्लिका शेरावतले ‘झुक्न’ अस्वीकार गरेको कारण थुप्रै फिल्महरु उनीबाट खोसिएको दाबी गरेकी छिन् ।

उनी भन्छिन्, ‘मैले धेरै दुःख पाएको छु । नायकलाई आफ्नी प्रेमिका फिल्ममा राख्नु पर्दथ्यो । कति भूमिका हातबाट गुमे किनभने मैले हिरोसँग सम्झौता गरिनँ । यसैकारण फिल्म गुमाएँ । मलाई याद छ मसँग ६५ फिल्मका स्क्रिप्ट थिए र यीमध्ये मैले एउटा पनि भूमिका पाउन सकिनँ किनभने हिरोलाई आपत्ति थियो ।’

फिल्म ‘गुरु’मा भूमिका काटिएकोबारे मल्लिकाले दाबी गर्दै भनिन्, ‘यो फिल्ममा मेरो भूमिका एक बलियो सपोर्टिङ भूमिकाको थियो तर यसलाई एडिट गरियो र एउटा गीत मात्रै फिल्ममा राखियो ।’

सन् २००७ मा रिलिज भएको अभिषेक बच्चनको फिल्म ‘गुरु’ को ‘मैया–मैया’ गीत निकै लोकप्रिय भएको थियो । यो गीतमा मल्लिका शेरावत देखिएकी थिइन् ।

‘…. नभए बलिउडमा टिक्न मुश्लि छ’

मल्लिका शेरावत बलिउडमा आफूले गरेको कामबाट सन्तुष्ट देखिन्छिन् । मल्लिकाले बलिउडमा आफूले गरेको कामबाट आफू खुसी रहेको बताइन् ।

तर उनी यो पनि दाबी गर्छिन् कि जब उनी बलिउडमा आएकी थिइन्् त्यतिबेला यदि कोही कुनै चर्चित परिवारबाट आएको हुँदैनथ्यो वा जसको गडफादर हुँदैनथ्यो, उनीहरु इन्डष्ट्रिमा टिक्न निकै मुश्किल हुन्थ्यो । मल्लिका ओटीटी प्लेटफर्मलाई गेमचेन्जर बताउँछिन् ।

मल्लिका भन्छिन्, ‘सामाजिक सञ्जाल र ओटीटीभन्दा अगाडि बलिउडमा, यदि तपाईं कुनै प्रसिद्ध परिवारसँग सम्बन्धित हुनुहुन्न वा तपाईंसँग कुनै फिल्मी ब्वायफ्रेन्ड छैन, गडफादर छैन भने बलिउडमा टिक्न गाह्रो मात्र होइन असम्भव पनि छ । ममाथि पनि यस्तै भएको थियो । मैले हिरोसँग सम्झौता गरिनँ । यी सबै कुरा देखेर मलाई लाग्छ कि मैले राम्रो काम गरेँ ।’

‘हलिउड कामको लागि गएको होइन ’

मल्लिका शेरावत पनि केही समयका लागि हलिउडतिर लागेकी थिइन् । यसबारे उनले आफू काम पाउन नभई हलिउडको संस्कृति जान्न गएको बताइन् ।

मल्लिका भन्छिन्, ‘म कामका लागि हलिउड गएको होइन, म नयाँ संस्कृति र नयाँ जीवन हेर्न हलिउड गएकी थिएँ । तर यदि त्यहाँका मानिसहरुलाई मसँग काम गर्नुथियो भने त यो मेरो लागि पनि राम्रो मौका थियो । ब्रुनो मार्शले आफ्नो भिडियोमा मलाई कास्ट गरे । ज्याकी चानसँग मैले अर्को एउटा फिल्ममा अभिनय गरेँ । म कामका लागि गएको थिइनँ । म भारतमा पनि काम खोज्दिनँ । काम राम्रो आयो भने ठिक छ । नभए केही अर्कै गरुँला ।’-रातोपाटि बाट

Tags: मनोरञ्जन समाचार

Discussion about this post

Related Posts

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

विज्ञापन रोक्ने निर्णय तत्काल फिर्ता लिन जसपा नेपालको माग

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

लहान नगरपालिकाद्वारा मुसहर बस्तीमा आवास निर्माण

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

सरकारी विज्ञापन नीतिविरुद्ध देशव्यापी आन्दोलनमा नेपाल पत्रकार महासंघ

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

नेपालगञ्जमा १०८ फिटको हनुमान मूर्ति निर्माण अन्तिम चरणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सरकारी सम्पत्ति व्यक्तिका नाममा दर्ता विवादमा उच्च अदालत जनकपुरको नयाँ अभ्यास

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

सिरहाको लहानमा ‘स्नेह वृद्धाश्रम’ निर्माण

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

मध्यपूर्व द्वन्द्वले भारतको मल उत्पादनमा गिरावट

तराई क्षेत्रमा तातो लहरको सम्भावना

तराई क्षेत्रमा तातो लहरको सम्भावना

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

पेट्रोलियम पदार्थको मूल्य वृद्धि फिर्ता लिन कुलमान घिसिङको माग

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!