nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

अलपत्र निधि आवास पुरानो भत्कियो, नयाँ बनेनन्

सजिलो पोस्ट सजिलो पोस्ट
असार १५, २०७९, ८:४२ मध्यान्ह
अलपत्र निधि आवास पुरानो भत्कियो, नयाँ बनेनन्

असार १५ गते। मधेश प्रदेशमा तीन दिन यता निरन्तर वर्षा भइरहेको छ । मंगलबारसम्म वर्षा रोकिएको छैन् । आकाशे पानीको भरमा रहेका किसानलाई अहिले रोपाई गर्न भ्याई नभ्याई छ । तर, धनुषाका गरिव, विपन्न र दलितलाई भने ओत खोज्नै हम्मे– हम्मे परेको छ । कारण छ, मधेश प्रदेश सरकारले महेन्द्र नारायण निधि आवास योजना अन्तरगत नयाँ घर बनाउन उनीहरुको घर भत्काएको छ । घर भत्काएको ६ महिना बित्दासमेत घर बन्न सकेका छैनन् ।

मंगलवार बेलुका केही वेर वर्षा बन्दभएपछि नगराईन नगरपालिका रामबागकी शीला देवी सदा पानीबाट बच्न जोहो गर्दै थिइन् । छाप्रोलाई माटोले उनी लेपपोत गरिरहेकी थिइन् । नयाँ घरमा बस्ने आशले पुसमै उनले पुरानो घर भत्काइन् । तर अहिले सम्म नयाँ घरको काम २० प्रतिशत मात्रै भएको छ । ‘धेरै समस्या भइरहेको छ ।

सरकारले गरिव, दलितको घर भत्काएर कानमा तेल हालेर सुतेको छ,’उनले भनिन्,‘हामी पानीमा भिजिरहेका छौं । कसैलाई मतलव छैनन् ।’ शीला जस्तै सोही ठाउँकी सरिता सदाको पनि पीडा छ । घर निर्माण नहुँदा उनलाई बालबालिकालाई जोगाउनै समस्या भइरहेको छ । पाँच धुर घडेरीमा उनले तीन कोठे घर बनाएकी थिइन् । नयाँ घर बन्ने आश्वासनपछि तीनै कोठा भत्काइन् । अव सरितासँग ओत लाग्न न पुरानो घर छ, न नयाँ घर बनेको छ । ‘थोरै जग्गा छ, अरुको घरमा बस्दै छु । धेरै समस्या छ,’उनले भनिन्,‘पानी परेपछि बालबालिकालाई जोगाउन सबै भन्दा बढी समस्या भइरहेको छ ।’

मुखियापट्टी मुसहरनिया गाउँपालिका ३ तुलसियाहीमा पनि सोही समस्या देखिएको छ । तुलसियाहीका ज्ञानचन्द सदाले घर–जग्गा अभावमा खाद्य संकट सामना गरिरहको बताउँछन् । उनले पनि पुरानो घर भत्काएर छिमेकी राम जिवन सदाको घरमा ओत लागेका छन् । उनको घरको आगंनमा त्रिपाल लगाएर रात गुजारी रहेका छन् । ‘वर्षाले जिवन कष्टकर मात्रै भएको छैन्, खाद्यान्न संकटसमेत ल्याइदिएको छ,’उनले पीडा सुनाउँदै भने,‘समान राख्ने ठाउँ अभाव भएपछि मजदुरी गरी ल्याएको धान, चामल वर्षाले भिजेको छ ।’ उनी दैनिक मजदुरी गरी घर परिवार चलाइरहेका छन् । तर वर्षामा मजदुरीको काम पनि न पाएको उनले सुनाए । रामबाग र तुलसीयाही गरी मात्रै ३५ घर परिवारको समस्या उस्तै छ ।

धनुषाको निर्वाचन क्षेत्र नम्बर ३ मा मात्रै ७० वटा घर बनाउने सरकारको योजना रहेको भौतिक पूर्वाधार मन्त्रालयका सचिव दीपक कुमार रायले जानकारी दिए । यी मध्ये अधिकांश घर अधुरा छन् भने कतै शुरु पनि नभएको सचिव यादवको स्वीकारोति छ । उनले स्थानीय निर्वाचनमा प्रदेशका सांसदहरु व्यस्त भएको हुनाले ढिलाइ भएको बताए । ‘सांसदहरु व्यस्त हुँदा घर बनाउने व्यक्तिको नामावली ढिलो प्राप्त भयो,’उनले भने,‘ त्यही भएर काम सकिएको छैन् ।’ उनका अनुसार काम शुरु भएको ठाउँमा पहिलो किस्ता प्रदेश सरकारले दिइसकेको छ । तर उपभोत्ता समितिलाई व्यापारीले उधारोमा सामान नदिएको समस्या देखिएको छ । साहुले उपभोक्ता समितिलाई न पत्आएको कारण काम अगाडि बढ्न सकेको छैन । उपभोक्ता समिति दलित समुदायबाटै बनाइएको छ । तर उनीहरुलाई साहुले उधारो दिन मानेका छैनन् ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

अभिराम शर्माको निलम्बन फुकुवा

अभिराम शर्माको निलम्बन फुकुवा

मौद्रिक नीति: संस्थागत सेयर धितो कर्जाको २० करोडको सीमा खारेज

नेपालमा छैन लगानी गर्ने वातावरण, १० खर्बभन्दा बढी पैसा बैंकमै थन्कियो

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

वर्षमा दुईपटक मात्रै रेल पुग्ने भारतको अनौठो रेलवे स्टेशन, सामाजिक सञ्जालमा भिडियो भाइरल

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

गृहमन्त्री सुधन गुरुङ भारत प्रस्थान

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

‘आचार्य’ भन्दा ‘बा:एक योद्धा’ को कमाइ झन्डै दोब्बर

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

मोतिहारीमा पुल भत्किँदा एक बालकको मृत्यु, चारजनाको अवस्था चिन्ताजनक

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

बारामा पिकअपको ठक्करबाट पैदलयात्रीको मृत्यु, चालक पक्राउ

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

एकता कपुरले गरिन् ‘द डर्टी पिक्चर २’ बनाउने, भनिन्, ‘१५ वर्षपछि सिक्वेल बनाउँदै छु’

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

सलमानले ‘मोन्स्टर’काे एक्सन दृश्यका लागि छुट्याए ५० दिन

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

एम्नेस्टी इन्टरनेशनल नेपाल, जनकपुरधामको बैठक सम्पन्न

Advertisement

Advertisement

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि