असार ४ गते। नागरिकता सम्बन्धी विधेयकलाई संसदमा सहमतिबाट पारित गर्न सरकारले फेरि प्रयास थालेको छ ।
प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग गृहमन्त्री बालकृष्ण खाण र कानून, न्याय तथा संसदीय व्यवस्था मन्त्री गोविन्द प्रसाद शर्माले शुक्रवार छलफल गरेका छन् ।
बजेट पारित भएसँगै संसदमा नागरिकता सम्बन्धी विधेयक पेश गरिने प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक रुपमा नै बताइसकेका छन् । मन्त्री खाण र शर्माले संसदीय समितिबाट पास भइसकेको विधेयकलाई नै पारित गर्न ओलीलाई आग्रह गरेको बताइएको छ ।
सत्तासीन माओवादी केन्द्र र प्रमुख प्रतिपक्षी एमालेले वैवाहिक अंगीकृत नागरिकता सम्बन्धी प्रावधानमा एकमत देखिएका छन् । अंगीकृत वैवाहिक नागरिकता लिन ७ वर्ष कुर्नुपर्ने प्रावधान राख्न एमाले र माओवादीको अडान छ ।
नेकपा एसले यस सम्बन्धमा हाल धारणा सार्वजनिक गरेको छैन् । तर नेपाली कांग्रेस, जनता समाजवादी पार्टी (जसपा) लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाली नागरिकसित विहा गरे लगतै वैवाहिक अंगीकृत नागरिकता दिनु पर्ने प्रावधान राख्न सहमत छन् ।
















Discussion about this post