nepalvani-nepalvani.com
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result
ई-पेपर
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
No Result
View All Result

sajilo_post, Sajilopostkhabar, news khabar, nepal khabar, pradesh khabar, siraha times, siraha khabar, siraha post, sirahadialy
No Result
View All Result

यसपालीको वर्षा र बाढीबाट २० लाख मानिस प्रभावित हुने, मधेस जोखिममा !

सजिलो पोस्ट सजिलो पोस्ट
जेष्ठ २७, २०७९, ८:२६ मध्यान्ह
जिता नदीकाे बाढी सप्तरीको कदमाहा टोलमा पस्दा २ सय घर डुबानमा

काठमाडौँ/जेठ २७ गते । बाढी, पहिरालगायत विपद्जन्य घटनाको उच्च जोखिममा रहेको मुलुकमा यसपाली २० लाख मानिस प्रभावित हुने अनुमान गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार प्राकृतिक प्रकोपले चार लाख २१ हजार घरधुरीका १९ लाख ९९ हजार मानिस प्रभावित हुने अनुमानका आधारमा प्रतिकार्य योजना तयार पारिएको छ ।

प्राधिकरणका प्रवक्ता डा. डिजन भट्टराईले विगत ११ वर्षको प्रकोपको अवस्था विश्लेषण गरेर उक्त अनुमान गरिएको जानकारी दिए । जल तथा मौसम विज्ञान विभागले मुलुकका अधिकांश क्षेत्रमा सरदरभन्दा बढी वर्षा हुने अनुमान सार्वजनिक गरिसकेका सन्दर्भमा प्राधिकरणले प्रभावित जनसङ्ख्या अनुमान गरेको हो ।

‘कुनकुन क्षेत्रमा बढी वर्षा हुने रहेछ, त्यसले कहाँकहाँ बढी प्रभावित बनायो ? बाढी पहिराबाट हुने मृत्युलगायत अन्य जोखिम के रहेछ, विगतको समग्र ट्रेण्ड विष्लेषण गरियो’, डा भट्टराईले भने, ‘सोही आधारमा जोखिम न्यूनीकरणका पूर्वतयारी तथा राहत, उद्धार तथा पुन:स्थापनका लागि समन्वयात्मकरुपमा प्रतिकार्य योजना तयार भएको छ ।’

गत वर्ष (विसं २०७८) मा १८ लाख मानिस प्रभावित हुने अनुमान गरिएको थियो । विसं २०७८ मा बढीबाट ६३ र पहिराबाट १८२ जनासहित ४९० जनाको मृत्यु भयो । बाढीबाट ३४ र पहिराबाट ३३ सहित ७० जना बेपत्ता भए । प्रभावित जनसङ्ख्या अनुमान गरिएभन्दा बढी भयो ।

विसं २०७८ मा आकलनअनुसार नेपालमा औसतभन्दा १५ प्रतिशत बढी वर्षा भई अक्टोबर ११ मा आठ दिन ढिला गरी मनसुन बाहिरिए पनि कात्तिकमा परेको बेमौसमी वर्षाले धानबालीसहित पुन:ठूलो धनजनको क्षति पुर्‍याएको थियो ।

यसपाली पनि त्योक्रम दोहोरिने सम्भावना कायमै छ । मौसम विज्ञान विभागको तथ्याङ्कका आधारमा यसपाली प्रदेश नं १ को झापा, मोरङ, सुनसरी र मधेस प्रदेशको सप्तरीमा बढी वर्षा हुने अनुमान रहेको डा भट्टराईले जानकारी दिए ।

तराईका अन्य क्षेत्रमा सरदरको वर्षा हुनेछ । बागमती प्रदेशको सिन्धुपाल्चोक र रामेछापमा बढी वर्षा हुने तथा उपत्यकामा सरदर वर्षा हुने सम्भावना छ । गण्डकी प्रदेशको दक्षिणी भेगमा सरदरभन्दा बढी वर्षा हुने तथा लुम्बिनी र कर्णाली प्रदेशमा बढी हुने देखिएको डा भट्टराईले बताए ।

समग्रमा पश्चिम तराई धेरै प्रभावित हुने अनुमानसँगै त्यस क्षेत्रमा बाढी पहिरो र डुबानका बढी समस्या हुनसक्ने देखिएको छ । ती वर्षा हुने भनी अनुमान गरिएका जिल्लासहितका क्षेत्रमा आवश्यक पूर्वतयारी तथा प्रतिकार्य योजना बनिसकेका छन् ।

मनसुन सुरु भएसकेको र कतिपय स्थानमा विपद्जन्य घटना देखिइसकेको छ, तर पनि केन्द्रीयस्तरको प्रतिकार्य योजना कार्यकारी समितिबाट अझै पारित भइसकेको छैन ।

प्राधिकरणका अनुसार केन्द्रीयस्तरबाट प्रतिकार्य योजना तयारी भएको र त्यसलाई कार्यकारी समितिबाट औपचारिकता दिन मात्रै बाँकी रहे पनि विषयगत निकायले आवश्यक योजना बनाएर लागू गरिसकेका छन् ।

जतिसुकै राम्रा योजना बने पनि कार्यान्वयन कस्तो छ भन्ने कुराले निर्धारण गर्ने विपद् व्यवस्थापन विज्ञको भनाइ छ । मुलुकमा पूर्वतयारी, आवश्यक स्रोतसाधन र जनशक्ति तथा समन्वयको अभावले विपद्जन्य घटनाबाट मुलुकले ठूलो क्षति बेहोर्दै आएको छ । प्रभावमा आधारित विपद् व्यवस्थापन कार्य हुन सकिरहेको छैन ।

प्राधिकरणले सम्भावित जोखिमको आकलनका बारेमा जानकारी गराएर काम अघि बढाएको डा भट्टराई बताउनुहुन्छ । विपद्बारे मानिसमा बुझाइमा नै समस्या छ । राहत बाँड्ने मात्रै हो भन्ने बुझाइबाट माथि उठ्नुपर्ने आवश्यकता छ ।

विपद् व्यवस्थापन विज्ञ डा कृष्णचन्द्र देवकोटा विपद्जन्य घटनाबाट क्षति न्यूनीकरण तथा व्यवस्थापनका लागि तीनै तहका सरकार, निजी क्षेत्र तथा स्थानीय समुदायको प्रभावकारी समन्वय, आवश्यक प्रतिकार्य योजना, समयमै सूचना प्रवाह, स्थानीय समुदायमा भरपर्दो सूचना र जानकारी तथा आवश्यक पूर्वतयारीका सामग्री एवं राहत, उद्धार तथा पुन:स्थापनका लागि चाहिने बन्दोबस्तीका सामान बेलैमा जोहो गर्नुपर्ने आवश्यकता औँल्याउँछन् ।

चुनौती कायमै

नेपालमा जोखिम न्यूनीकरणमा गर्ने खास योजनको अभाव छ । प्राधिकरण बनेपछि भर्खरै मात्र नीतिगतरुपमा व्यवस्थापनको काम सुरु भएको जनाइन्छ, तर पूर्वसूचना प्रणालीका काम चाहिनेजति प्रभावकारी हुन सकिरहेको छैन । मौसम विज्ञान विभागले तीन दिनको वर्षाको अवस्था जानकारी दिन सक्ने भएको छ तर अझै धेरै काम गर्न बाँकी छ ।

प्रभावका आधारमा हुने जोखिम अनुमान गरी त्यहीअनुसारको संस्थागत संरचना निर्माणमा काम गर्न बाँकी नै रहेको डा भट्टराई बताउँछन् । स्रोतसाधनको अभाव भएको भन्‍दै उनले भइरहेका स्रोतसाधन र जनशक्तिको अधिकतम उपययोग गरेर काम गरिरहेको बताए । प्रतिकार्य गतिविधि कार्यान्वयन गर्न कार्य विभाजनको कमी, तालमेल र सञ्चार अभाव भएको तथा दोहोरोपना जस्ता चुनौती कायमै छ ।

विपद् प्रतिकार्यका लागि उद्धार र राहत सामग्री व्यवस्थितरुपले भण्डारण गर्न पनि जरुरी छ । आवश्यकमात्रामा भण्डारण हुन नसक्दा विपद् निम्तिएपछि मात्रै राहत सामग्री सङ्कलनको आह्वान गर्नुपर्ने अवस्था विडम्बना हो । तत्कालका लागि व्यवस्थापन गर्ने सुरक्षित स्थानकोसमेत अभाव छ ।

विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनमा पालिकाहरुको भूमिका नै महत्वपूर्ण हुने हुनाले पालिकाहरुलाई नै जिम्मेवार बनाउनुपर्ने आवश्यकता छ । त्यसतर्फ पनि ठोस कदम चालेको पाइँदैन । स्थानीय तहमा स्थानीय मनसुन पूर्वतयारी योजना बनाइ प्रभावकारी कार्यान्वयनको खाँचो छ ।

मनसुन प्रणाली विस्तार हुँदै

नेपालको प्रदेश नं १ मा यही जेठ २२ गते आगमन भएको यस वर्षको मनसुन प्रणाली बिहीबारदेखि मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा प्रवेश गरेको छ ।

देशका बाँकी भूभागमा केही दिनभित्रमा मनसुन प्रणाली प्रवेश हुने अनुमान गरिएको छ । यस वर्षको मनसुन सरदर मितिभन्दा अगाडि नै नेपालको पूर्वी भू–भागबाट प्रवेश गरेको थियो ।

Tags: मधेस प्रदेश खबर

Discussion about this post

Related Posts

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधामको शिवचोकमा ‘द चोखोहाउस क्याफे’ आजदेखि सञ्चालनमा

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

जनकपुरधाममा जेन–जी अभियन्तामाथिको धरपकड विरुद्ध विरोध प्रदर्शन

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

पानी जमेको खाल्डोमा डुबेर सिरहामा एकै परिवारका तीन बालबालिकाको मृत्यु

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शिक्षा नियमावलीप्रति निजी शैक्षिक संस्थाको आपत्ति, सरकारलाई राख्याे ६ बुँदे माग

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

शैक्षिक परामर्श नियमावलीप्रति १४ संस्थाको असन्तुष्टि

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

मधेश प्रदेशमा बजेट गतिरोध अन्त्य गर्न कार्यदल गठन

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

तेस्रो ‘अन्तरराष्ट्रिय नेपाली फिल्म अवार्ड’ नेपालमा हुने

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

रौतहटमा बाढी- उद्धारको पूर्वतयारी अभ्यास

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

हुर्मुज नाका खुला गराउन अमेरिकाको इरानमाथि सैन्य दबाब जारी

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

स्वस्तिश्री गुरुकुल र प्राइम बैंकद्वारा तीन विद्यालयलाई शैक्षिक सहयोग

सजिलो पोस्ट मिडियाद्वारा जनहितमा जारी सन्देश

nepalvani-nepalvani.com

ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गर्दै जानेछ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा कहिल्यै कसैसँग सम्झौता गर्ने छैन । अनलाइन पत्रिकाको रुपमा निरन्तर सुचना प्रवाहमा जागरुक रहन्छ ।

जय माँ राजदेवी मिडिया हाउस द्वारा संचालित
सजिलो पोष्ट डटकम अनलाइन
सम्पर्क कार्यालय:-जनकपुरधाम-२४,धनुषा
सम्पर्क :९८०४३०१५९०
Email : [email protected]
Website : www.sajilopost.com


 सूचना विभाग दर्ता नं. : ३९२१-०७९/८० 
 प्रेस काउन्सिल दर्ता नं. : ३९०९-०७९/८० 

अध्यक्ष/सञ्चालक-संगीता कुमारी साह

कार्यकारी सम्पादक-गिरिजानन्द साह
सम्पादक-विशुन देव सरदार

This page has been visited: web counter © 2021 SajiloPost.com

  • Privacy Policy
No Result
View All Result
  • गृहपृष्ठ
  • समाचार
  • प्रदेश
    • कोशी प्रदेश
    • मधेश प्रदेश
    • बागमती प्रदेश
    • कर्णाली प्रदेश
    • लुम्बिनी प्रदेश
    • गण्डकी प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • राजनीति
  • समाज
    • कृषि
    • स्वास्थ्य
    • शिक्षा
    • अर्थ/वाणीज्य
  • विचार
  • खेलकुद
  • मनोरञ्जन
  • अन्तराष्ट्रिय
  • विविध
    • ब्लग
    • रोचक विश्व
    • अन्तर्वार्ता
    • पत्र-पत्रिका
    • राशिफल
    • जीवन शैली
    • फोटो ग्यलरी
    • विज्ञान/प्राविधि
error: Content is protected !!